- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरकोरोनाले सल्यानका उद्योग बन्द

कोरोनाले सल्यानका उद्योग बन्द

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, ३० जेठ । सल्यान– बनगाड कुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले गाउँमै पाँच वर्षदेखि टिमुर, बेसार र अदुवा प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन् । उनको उद्योगमा टिमुर, अदुवा, बेसार, दालचिनी लगायतको पाउडर उत्पादन हुन्छ । वार्षिक झन्डै ३० हजार प्याकेट मसला उत्पादन गर्दै आएको उद्योग तीन महिनायता बन्द छ । शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको भण्डारी गार्मेन्ट पनि दुई महिनादेखि बन्द छ ।

कोरोना महामारी र निषेधाज्ञाका कारण सल्यानमा सञ्चालित झन्डै १ हजार ४ सय उद्योग र व्यापारिक प्रतिष्ठान बन्द छन् । घरेलु तथा साना उद्योगका रूपमा सञ्चालित फर्निचर, ग्रिल, गार्मेन्ट, टिमुर, अदुवा प्रशोधन, बुटिक, होजियारी, सिलाई कटाईलगायत उद्योग ठप्प भएका हुन् । उद्योग बन्द हुँदा झन्डै २ हजार ५ सय मजदुरको रोजगारी गुमेको छ ।

उद्योग बन्द भएपछि मासिक तीन लाख रूपैयाँ घाटा सहनुपरेको गार्मेन्टका सञ्चालक वीरेन्द्र भण्डारीले बताए । ‘अब त बैंकको ब्याज तिर्न पनि समस्या भयो,’ उनले भने, ‘उद्योगमा ताला लाग्दा कर्मचारी र परिवार पाल्न हम्मे–हम्मे परेको छ ।’ कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महिना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको बताए ।

प्रशोधन उद्योग बन्द हुँदा किसानले उत्पादन गरेका सामग्रीहरू घरमै थन्किएको बुढाथोकीले बताए । ‘किसानले उत्पादन गरेका सामग्री घरमै थन्काएका छन्’ उनले भने, ‘उद्योगमा उत्पादन भएको झन्डै दुई लाख रूपैयाँको पाउडर पनि बिक्री भएको छैन ।’ महामारीले फर्निचर उद्योग बन्द हुँदा व्यवसाय नै धरापमा परेको कालिमाटी गाउँपालिका–३ महेश भण्डारीले बताए ।

गाउँमा फर्निचर उद्योग सञ्चालन गरी मासिक ५० हजार रूपैयाँसम्म कमाई गर्दै आएका थियौँ । दुई युवालाई रोजगारी समेत पाएका थिए । उद्योग बन्द भएपछि पाँचजनाको परिवार पाल्न पनि समस्या भएको उनको गुनासो छ । ‘पाँचजनाको परिवार सजिलै पाल्दै आएको थिए’ उनले भने, ‘उद्योग बन्द हुँदा छाक टार्नै मुस्किल भयो,’ ‘बन्दले गर्दा आयआर्जनका सबै बाटो रोकिए ।’ उनका अनुसार गाउँमा सञ्चालित दुई दर्जन साना उद्योग लकडाउनकै कारण बन्द छन् ।

उद्योग बन्द भएपछि उत्पादित सामग्री थन्काउनुपर्ने बाध्यता भएको खैराबाङ्गी फर्निचर उद्योगका सञ्चालक राजु गौतमले बताए । उनका अनुसार दुई महिना उद्योग बन्द हुँदा झन्डै ७ लाख रूपैयाँको घाटा भएको छ ।

‘पुरानै गतिमा उद्योग चलाउन निषेधाज्ञा खुले पनि चार÷पाँच महिना पर्खिनुपर्छ’ उनले भने, ‘केही कच्चापदार्थ काम नलाग्ने अवस्थामा पुगेको छ ।’ उनले सदरमुकामका चार विषयगत कार्यालयका लागि निर्माण गरिएका फर्निचर उद्योगमै थन्किएको बताए ।

साना उद्योग सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्न थालेका युवाहरू निषेधाज्ञाका कारण बेरोजगार बनेको स्थानीय निर्मल चनाराले बताए । ‘अब परिवारको खर्च जुटाउन मजदुरी गर्नुको विकल्प छैन’ उनले भने ‘आफ्नो सीप र दक्षताको उपयोग गरी गाउँमा केही गरौं भन्दा पनि सफल भइएन ।’ उनले सदरमुकाममा फलामका विभिन्न औजार निर्माण गर्ने उद्योग सञ्चालन गरिरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here