- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजफौजी किराको प्रकोप रूकुममा

फौजी किराको प्रकोप रूकुममा

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), ३० जेठ । रूकुम पश्चिममा अमेरिकन फौजी किराको प्रकोप बढेको छ । विभिन्न क्षेत्रमा लगाएको मकै बालीमा किराको प्रकोप देखिएपछि किसान चिन्तित भएको मुसिकोट नगरपालिका–१३ का किसान दलबहादुर ओलीले बताए । दुई हप्तादेखि जिल्लाका केही ठाउँमा देखापरेको र जिल्लाभरि फैलन सक्ने चिन्ता बढेको छ ।

अहिले मुसिकोट नगरपालिका १२ र बाँफिकोट गाउँपालिकाका–२, ३, ५ ,६, ७, ६, ९, १० मा लगाएको मकै बालीमा बढी क्षति पु¥याइएको जिल्ला कृषि विकास कार्यालय रूकुम पश्चिमले जनाएको छ । त्यस्तै मुसिकोट नगरपालिका–३ माच्छी र पिपलनेटा र जिल्लाका विभिन्न ठाउँमा लगाएको मकैमा अमेरिकन फौजी किराले क्षति सुरू गरेको जिल्ला कृषि विकास कार्यालय रूकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताए ।

निमित्त प्रमुख केसीका अनुसार अमेरिकन फौजी किराको प्रकोप छिट्टै फैलन सक्ने भएकाले केहि दिनमै जिल्लाका विभिन्न ठाउँमा फैलन सक्ने बताए । अमेरिकन फौजी किराको पुतली एक घन्टामा ५ सय किलोमिटर टाढासम्म उड्न सक्ने भएकाले थोरै समयमा पनि धेरै ठाउँमा फैलन सक्ने उनको भनाई छ ।

यो किराले लार्भा अवस्थामा मकैको पात, गुभा, धानचौर, घोगा तथा डाठमा समेत क्षति पु¥याउने भएकाले मकैमा अमेरिकन फौजी किरा देखिनु ठूलो समस्याको रूपमा लिन सकिन्छ । फौजी किरा दिनभर माटो मुनि बस्ने र रातिको समयमा बाहिर निस्कने भएकाले रातको समयमा बढी क्षति गर्ने गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here