- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसमाजतरकारी बजारको अनुगमन

तरकारी बजारको अनुगमन

- Advertisement -spot_img

प्रदेश टुडे्
तुलसीपुर, २९ जेठ । तुलसीपुर तथा फलफूल बजारको अनुगमन गरिएको छ । फोहोरमैला व्यवस्थापन, सुरक्षा मापदण्ड तथा मूल्यसूचि टाँसका विषयमा बुझ्नका लागि अनुगमन गरिएको तुलसीपुर उपमहागनगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमन टोलीले फोहोरमैला व्यवस्थापन गर्न, सामाजिक दूरी कायम राखेर बिक्री वितरण गर्न, मूल्य सूचि देखिने गरी टाँस गर्न र बाहिरबाट आउने ग्राहकले पनि अनिवार्य रुपमा मास्क लगाउनका लागि निर्देशन दिएको छ ।

निर्देशन कार्यान्वयन नगर्नेलाई कारवाही गरिने वडा अध्यक्ष लामिछानेले बताए । अनुगमन टोलीमा तुलसीपुर उपमहानगरपालिका कृषि अधिकृत धनराज गौतम, स्थानीय प्रशासनलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here