- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचर‘परामर्श बढाउनुपर्छ’

‘परामर्श बढाउनुपर्छ’

- Advertisement -spot_img

प्रदेश टुडे्
तुलसीपुर, २९ जेठ । कोरोना संक्रमित र उनीहरूको परिवारका लागि मनोपरामर्श आवश्यक रहेको मनोपरामर्शदाताहरूले बताएका छन् । तुलसीपुर उपमहानगर–पालिकाले गठन गरेको मनोपरामर्श समूहमार्फत नगरक्षेत्रमा खटिएका मनोपरामर्शदाताहरूले संक्रमित, उनको परिवार र समुदायलाई अहिलेको अवस्थामा परामर्श आवश्यक रहेको बताएका छन् ।

मनोपरामर्श समूह र मनोपरामर्शदाताको शुक्रबार भएको छलफलमा मनोपरामर्शदाताहरूले यस्तो बताएका हुन् । मनोपरामर्श दाता सिन्धु हमालले अहिले बिरामीभन्दा पनि परिवार र बिरामी कुरूवाका लागि मनोपरामर्श जरूरी देखिएको बताइन् । उनले आफूले त्यहि अनुसार अहिले मनोपरार्श दिइएको जानकारी गराइन् । ‘अहिले बिरामीभन्दा पनि आफन्तलाई यो सेवा आवश्यक छ’ उनले भनिन्, ‘हामी त्यो अनुसार काम गर्नुपर्छ ।’

मनोपरामर्श दाता निर्मला चौधरीले एकल मनोपरामर्शभन्दा पनि सामूहिक रूपमा मनोपरामर्श गर्नसकेमा बढी प्रभावकारी हुने बताइन् । उनले अहिले परिवार बिरामी सबैलाई परामर्शको आवश्यक रहेको बताइन् । जया पाण्डे, कल्पना चौधरीले अहिलेको आवश्यकता अनुसार सेवालाई प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले व्यक्तिमात्रै भन्दा पनि त्योसँग जोडिएकाहरूलाई परामर्श दिनसके प्रभावकारी हुने बताइन् ।

समूहका संयोजक सुशील बस्नेतको अध्यक्षतामा भएको छलफलमा परामर्श सेवालाई थप प्रभाकारी बनाएर लैजाने विषयमा छलफल भएको छ । छलफलमा मनोपरामर्श दाताहरूले अहिलेसम्मको कामको प्रगतिको समीक्षासमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here