- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजसंकटमा माछा मार्ने पेशा

संकटमा माछा मार्ने पेशा

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, २९ जेठ । सल्यानका विभिन्न स्थानमा बसोबास गर्दै आएका बादी समुदायको माछा मार्ने परम्परागत पेसा संकटमा परेको छ । अन्य जाति र व्यक्तिहरूले माछा पाइने नदी खोलाका मुख्य स्थानहरूमा विषादी प्रयोग र करेन्ट लगाएर माछा मार्न थालिएपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका सल्यानका बादी समुदायको पेशा संकटमा पर्न थालेको छ ।

शारदा नगरपालिका, कालिमाटी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकामा बसोबास गर्दै आएका बादी समुदायहरूले परम्परागत पेशाको रूपमा माछा मार्ने पेश संकटमा पर्न थालेपछि उनीहरूको जीविकोपार्जनमा समेत समस्या परिको छ । पछिल्लो समय स्थानीय खोलानालामा माछा पाइन छाडेपछि उनीहरू अन्य पेशा व्यवसाय अंगाल्न बाध्य भएका छन् ।

खोलामा विषादी र करेन्ट लगाएर मार्न थालेपछि साना–ठूला सबै माछा मर्ने भएकाले माछा लोप हुँदै गएको बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोलाका दुर्गा बादीले बताए । खोलामा माछा पाइन छाडेपछि अहिले बालुवा, गिट्टी संकलन गर्दै आइरहेको उनको भनाइ छ ।


पहिले दिनमा तीनदेखि चार किलोसम्म माछा मार्ने गरे पनि पछिल्लो समय दिनभर चाहर्दा पनि मुस्किलले आधा किलो मार्ने गरेको शारदा नगरपालिका–१ शान्तिनगरका रामु बादीले बताए । उनले भने, ‘पहिले माछा मारेर दिनको १ हजारदेखि १२ सय रूपैयाँ आम्दानी हुन्थ्यो । परिवार पाल्न सजिलो थियो’ उनले भने, ‘आजभोलि तीन÷चार सय रूपैयाँ कमाउन पनि मुस्किल हुने गर्छ ।’

खोलामा विषादी र करेन्ट लगाएर मार्न थालेपछि साना–ठूला सबै माछा मर्ने भएकाले माछा लोप हुँदै गएको बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोलाका दुर्गा बादीले बताए । खोलामा माछा पाइन छाडेपछि अहिले बालुवा, गिट्टी संकलन गर्दै आइरहेको उनको भनाइ छ ।

बजारमा पाइने माछा खाँदै आएका सर्वसाधारणहरू जालमा पारेको माछा देख्ने बित्तिकै किन्न र लैजान खोज्ने गरेको भए पनि पछिल्लो समय जालमा माछा नपर्ने गरेको उनले बताए । उनले भने, ‘प्राकृतिक रूपमा हुर्केका माछा जालबाट झिक्न नपाउँदै बिक्री हुन्छ । तर माछा नै नभएपछि के बिक्री गर्नु ?’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here