- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबालविवाह न्यूनीकरणमा हाम्रो भूमिका

बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका

- Advertisement -spot_img

बालविवाह एक सामाजिक विकृति फैलाउने किरो हो । जुन एक किरो सरि प्रत्यक्ष रूपमा समाजमा विस्तारित भैरहेको छ । यसका कारण सबै बालबालिकाहरू आफ्ना शैक्षिकलगायत अन्य क्षेत्रहरूबाट र अवसरबाट बञ्चित हुनुपरेको छ ।

बालविवाह भनेको कानुन बमोजिम निर्धारण गरिएको उमेर पूरा नभई गरिने गैर कानुनी विवाह हो । जुन हाम्रो समाजमा दिनप्रतिदिन देखापरेको बिकराल समस्या पनि हो । जसमा केटाकेटीको उमेर २० बर्ष पूरा नभई हुने गर्दछ । बालविवाहले विवाह गर्ने केटा र केटीलाई मात्र नभएर समाज र हरेक क्षेत्रमा नकाराकत्मक प्रभाव पारिरहेको छ ।

नेपाललाई पितृसत्तात्मक देश भनेर चिनिन्छ । तसर्थ नेपाल पितृसत्तात्मक देश भएकै कारणले गर्दा यहाँ चरम अन्धविश्वास, रूढिवादी परम्परागत सोंच, कुसंस्कृति, कुसंस्कार, छुवाछुतजस्ता असङ्ख्य विकृतिहरू छरिएर रहेका छन् । यि विकृतिमध्य पनि प्रमुख समस्या भनेको नै बालविवाह हो । बालविवाहले नै यस्ता अन्य विकृतिहरूलाई आधार दिदै आपm्नो सहायक बिकृति बनाउन सफल भएको छ ।

बालविवाह केटाकेटी बीचको अपरिपक्व सोंच, अभिभावकको रूढिवादी परम्परागत सोंच तथा उनीहरूमा शिक्षाको कमीले, अभिभावकका विभिन्न किसिमका दबाबहरूले तथा अहिलेको बढ्दो सामाजिक सञ्जालको दुरूपयोगको कारणले गर्दा हुने गर्दछ । वास्तवमा वर्तमान परिस्थितिमा बालविवाह आकर्षणका रूपमा नै देखापरेको छ ।
बालबिबाहले कुनै पनि ढङ्गबाट व्यक्ति र राष्ट्रलाई हित गर्दैन ।

बालविवाहले गर्दा विवाह गर्ने केटा र केटीको शैक्षिक गुणस्तरमा ह्रास आउँदछ अर्थात् उनीहरू शिक्षाबाट बञ्चित हुनुपर्दछ । विवाह गरेका केटाकेटी सम्बन्धमा गाँसिएकाले उनीहरूले आफ्ना अतिरिक्त क्रियाकलापहरूसँगै लैजान सक्दैनन् । आफ्ना सम्पूर्ण सपना, इच्छा र चाहनाहरूलाई पूरा गर्न सक्दैनन् ।

उनीहरूको यो अवस्थामा पनि सोंचाई, शारीरिक अंग र निर्णय गर्न सक्ने क्षमता पनि परिपक्व भएको हँुदैन । उनीहरूले सानै उमेरमा घर परिवार चलाउन सक्षम नभएकै कारण उनीहरूमा विभिन्न किसिमका तनावहरू, सामाजिक तनाव, आर्थिक तनाव, मानसिक तनावजस्ता समस्याहरू अधिक रूपमा उत्पन्न हुने गर्दछन् ।

त्यसैले उनीहरूले आफ्ना सामान्य आधारभूत आवश्यकताहरू पनि पूरा गर्न सक्दैनन् । उनीहरूको दैनिकी पनि सहज रूपमा कट्दैन र उनीहरूको सम्बन्ध पनि लामो समयसम्म रहन सक्दैन ।

यदि यो अवस्थामा सन्तान बनाउने निर्णय गरियो भने झनै खतरापूर्ण अवस्थाको सिर्जना भैदिन्छ । घर परिवार र वैवाहिक जोडीले सन्तान उत्पादन गर्न मञ्जुर भएपनि सो बालिका सन्तान बनाउनका लागि पूर्णरूपमा अब्बल तथा परिपक्वता भएकी हँुदैनिन् । यदि यस्तो अवस्थामा सन्तान बनाइयो भने आमा र बच्चा दुबैको ज्यान जान सक्छ ।

आजका बालबालिका भनेका भोलिको सुन्दर समाज, नौलो र समृद्ध देशका निर्माता हुन् । अझ बालबालिका भनेका शिक्षा आर्जन गरेर प्रत्यक्ष जीवनमा आइपर्ने समस्याहरू समाधान गर्न र समग्र देश विकासलाई परिचालन गर्न भनेर निकै चरम सम्भावना बोकेका पुञ्ज, आशा र भरोसाले सिर्जेका गहना पनि हुन् ।

तसर्थ हामी बालबालिकाले भविष्यको नौलो र समृद्ध समाज अनि देश निर्माणका लागि संवेदनशील सोचाइबाट अगाडि बढ्न जरूरी छ । नेपाल एक संघीय गणतन्त्रात्मक देश हो । विडम्बनाको विषय नेपालमा सम्पूर्ण कुराहरूको विधान छ जुन प्रत्यक्ष रूपमा कार्यान्वयनमा आउन सकिरहेको छैन ।

नेपालको संविधान वा बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुनमा बालविवाहको बारेमा कानुनी व्यवस्था नगरेको कुरा पनि होइन । तर यि नीति कानुन हुनुको कुनै पनि मूल्य रहेन कानुन र संविधानमा जे लेखिएको छ त्यो सीमित कागजमा मात्र निषेध भयो । किनभने यि कानुनहरूको थोरै मात्रामा पनि कार्यान्वयन भएन ।

विधान हुँुदाहुँदै पनि कार्यान्वयन नभएर यस्ता गलत पक्षहरू अझै दिन प्रतिदिनका रूपमा बढ्दै गएका छन् । बालविवाह सम्बन्धी रोकथाम र जनचेतनामा सरकारी निकायहरूले प्रभावकारी ढङ्गबाट कार्य गरेका छैनन् । अझ सारमा भन्नुपर्दा बालविवाहजस्ता थुप्रै अन्य विकृतिहरूले बढी मलजल पाइरहेका छन् ।

त्यसमा पनि बालविवाह गैरकानुनी हो यसले गर्दा बालबालिकाको शारीरिक, मानसिक एवं शैक्षिकलगायत उनीहरूका सम्पूर्ण अवसर र चाहनाहरू गुम्ने भएकाले हामी सम्पूर्ण बुुद्धिजीवि तथा सक्षम वर्गबाट यस्ता सम्पूर्ण समस्या तथा सामाजिक रोगको जरैबाट पुनः निराकरण गर्न हामी सबैले पैरवी ढङ्गबाट आफ्नो व्यबहारमा लागू गरी एकआपसमा विभिन्न संघसंस्था र निकायहरू एकमुष्ठ संगठित भई यसको घोर भत्र्सना गर्न र सबै जिम्मेवार भई सचेतना तथा जनचेतना अभिवृद्धिजस्ता कार्यमा समावेश हुन अपरिहार्य छ ।

(लेखकः विश्वकर्मा गाउँ बाल क्लव सञ्जाल समिति बाँफिकोट–५ रूकुम (पश्चिम) का अध्यक्ष हुन् ।)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here