- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजफैलिदै फौजी किराको प्रकोप

फैलिदै फौजी किराको प्रकोप

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २९ जेठ । दाङमा यसवर्ष पनि अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । जिल्लाका अधिकांश किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । समयमै पानी नपर्दा यसरी जिल्लाभर फौजी किराको प्रकोप देखिएको कृषि विज्ञहरुले बताएका छन् ।

पछिल्लो एक हप्तादेखि जिल्लाभर नै यसरी फौजी किराको प्रकोप बढेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखाका अधिकृत कुलराज दहितले बताए । उनका अनुसार पर्याप्त मात्रामा बर्षा भयो भने यो रोग आफै हराउने उनले जानकारी दिए ।

फौजी किरा नियन्त्रणका लागि उपमहानगरपालिकाले किसानहरुलाई किटनाशक औषधी वितरण गरेको उनले बताए । उपमहानगरपालिकाले १० ग्रामका १५ सय पाकेट वितरण गरिसकेको उनको भनाई छ । उनका अनुसार अहिले वडाहरुमा रहेको कृषिको बजेटसमेत किटनाशक औषधी खरिद गर्न प्रयोग गरे सहज हुन्छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले आफै जनशक्तिको व्यवस्थापन गरेर किटनाशक औषधी छर्कने गरेको छ । त्यस्तै दंगीशरण गाउँपालिकाले पनि फौजी किरा नियन्त्रणका लागि किटनाशक औषधी छर्ने कार्य गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here