- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमकै बालीमा गुबारो र फेद कटुवा किराको प्रकोप

मकै बालीमा गुबारो र फेद कटुवा किराको प्रकोप

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, २९ जेठ । सल्यानका किसानले लगाएको मकै बालीमा फेद कटुवा र गुबारो किराको प्रकोप देखिएको छ । गोड्ने अवस्थामा पुगेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु मारमा परेका छन् ।

जिल्लाको मुख्य बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित हुन थालेका छन् । दुई पटक गोडी सकेको मकै किराले काटेर सखाप बनाएको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका किसान दिपेन्द्र रेउलेले बताए । दुई पटक विषादी हाल्दा पनि कम नभएको उनको भनाई छ । रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेको भनाई छ ।

सिद्ध कुमाख गाउँपालिका–१ मेलबोटका देवी बुढाथोकीले किराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक रोपेको बताए । वडा नं.१ का एकसय बढी किसानले लगाएको मकैमा किराको प्रकोप देखिएको किसानहरुको भनाई छ ।

वडाका अधिकांश किसानले रोपेको मकैमा किरोको प्रकोप देखिएको सिद्ध कुमाख गाउँपालिकाका नायव प्राविधिक सहायक चन्द्र बहादुर केसीले बताए । किरा नियन्त्रणका लागि २३ वटा समूहलाई इमोभेटिन नामक विषादी वितरण गरिएको उनको भनाई छ ।

जिल्लाका सिद्धकुमाख, कालिमाटी छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिका लगायतका स्थानमा किसानहरुले लगाएको मकै बालीमा फेद कटुवा, गुबारो किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

फेद कटुवा, गुबारो र फौजी किरा पुतली समूहमा पर्ने भएकाले सुरुमै विषादी प्रयोग गर्नसके नियन्त्रणमा आउने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । गुबारो र फौजी किरा दिनमा नदेखिने र रातमा काट्ने भएकाले नियन्त्रण गर्न केही समस्या रहेको उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here