- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsअनुदानका बाख्रा फिर्ता गरे किसानले

अनुदानका बाख्रा फिर्ता गरे किसानले

- Advertisement -spot_img

प्रचण्ड खत्री रुकुम, २८ जेठ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले वितरण गरेको बाख्रा किसानले फिर्ता गरेका छन । अनुदानमा दिइएका बाख्रा तोकेको मापदण्ड भन्दा कम प्रकृतिका दिए पनि किसानहरुले नगरलाई नै अनुदानका बाख्रा फिर्ता गरिदिएको हुन ।

आर्थिक बर्ष २०७७÷०७८को बजेटबाट नगरपालिकाले किसानलाई वितरण गर्न ल्याईएका मध्धे २६ वटा बाख्रा फिर्ता गरिएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डर अनुसार सम्झौता गरेका ठेकेदार कम्पनीले ल्याईएका बाख्रा पालन योग्य नभएपछी फिर्ता गरिएको नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक सुशील गौतमले बताए ।

गौतमका अनुसार पहिलो चरणमा ५६ वटा बाख्रा मध्धे २६ वटा बाख्राहरु किसानले नगरेर फिर्ता गरिएको हो । कार्यक्रमको लक्ष र उदेश्य बिपरित हुने हरेक खालका अनुगमन गरेर निरुत्साहित गरिने सामाजिक बिकास समितिका सभापति गौतमले बताए ।

मुसिकोट नगरपालिका र संघीय सरकार साझेदारिमा किसानलाई आत्मनिर्भर बनाउनको उदेश्य र उत्पादनमा जोड्ने उदेश्यले बाख्रापालन राखिएको थियो । यस बर्ष नगरपालिकाबाट १ सय ८० बाख्रा बितरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख देविलाल गौतमको भनाई छ ।

 

पहिलो चरणमा लयाईका २६ वटा बाख्रा कोहि साना, कोहि बुढो , कोहि निकै दुब्ला र मापदण्ड भित्र नभएकाले किसानसंग सहाकार्य गरेर ल्याउने गरि ठेकेदारलाई नै फिर्ता गरिएको नगरप्रमुख गौतमले बताए ।
बाख्रा खरिद र वितरणको लागि केअरफाम नेपाल प्रालि नेपालगंजले सम्झौता गरेको थियो । यसका लागि संघीय सरकार र मुसिकोट नगरपालिकाको संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयामा खर्च गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here