- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsअनाधिकृत रूपमा राप्ती दोहन

अनाधिकृत रूपमा राप्ती दोहन

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, २८ जेठ । दाङको राप्ती नदीमा भइरहेको अनाधिकृत दोहन रोकिएको छैन । स्थानीय सरकार, स्थानीय प्रशासनले नदी दोहन रोक्ने प्रयास पनि गरेको छैन । बन्दाबन्दीको समयदेखि नै राप्तीमा बढेको दोहन अहिले पनि निरन्तर भइरहेको छ । जिल्लास्तरको अनुगमन भए पनि त्यसलाई रोक्न सकिएको छैन । अनाधिकृत दोहनका कारण नदीमा ठूला–ठूला खाल्डा र पोखरीहरू बनेका छन् ।

अवैध नदीजन्य पदार्थ उत्खनन्को विरोध गर्दै गढवाका स्थानीयबासीले राप्ती नदीमा धर्ना दिएका छन् । गढवा गाउँपालिकाले राप्ती नदीको धर्मपुर घाटमा नदीजन्य पदार्थ उत्खनन्का लागि लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड बिपरीत उत्खनन् गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

गढवा गाउँपालिका वडा नम्बर ५ का धर्मपुर, तकियापुर, बोधिपुर तथा मगहरका स्थानीयले उत्खनन् भइरहेको स्थानमा गई काम रोक्नको लागि दबाबमूलक धर्ना दिएका छन् । गढवा गाउँपालिकाले राप्ती नदीको धरमपुरको ‘क’ र ‘ख’ घाटमा ठेक्का लगाएको छ । लगाइएको ठेक्का जयमा स्वर्गद्वारी निर्माण सेवा प्रालि तुलसीपुर दाङ र एम एण्ड निर्माण सेवा दाङलाई परेको छ । उत्खनन् समयावधि सकिन लाग्दा मापदण्ड बिपरीत उत्खनन् गर्न फेरी सुरू भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

यसभन्दा पहिले पनि निर्माण कम्पनीहरूले तोकिएको स्थानभन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको थाहा पाएपछि स्थानीयहरूको विरोध गरी आन्दोलन समेत गरेका छन् । उत्खनन् समयावधि सकिन लाग्दा ठेकेदारहरू मापदण्ड बिपरीत उत्खनन् गर्न फेरी सुरू भएको स्थानीयले गुनासो गर्ने गरेका छन् । यसभन्दा पहिले पनि निर्माण कम्पनीहरूले तोकिएको स्थानभन्दा फरक ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको थाहा पाएपछि स्थानीयहरूको बिरोध गर्दे आएका थिए ।

‘सरकार आउँछ एक पटकलाई छोड्दिनुस भनेपछि यसभन्दा पहिले हामीले छोडिदिएका थियौँ’ स्थानीयले भने, ‘तर अब कुनै पनि हालतमा बिना कारवाही, उत्खनन् गरिएको नदीजन्य पदार्थको नाप र मापदण्ड बिपरीत गरिएका उत्खनन् स्थलको पूर्ति गर्ने सर्तमा मात्र छोड्छौँ ।

नदीजन्य पदार्थको उत्खनन्को लागि तयार गरिने वातावरणीय प्रभाव प्रतिवेदनमा ठूलो मेसिनको प्रयोग नगर्ने, उत्खनन्को गहिराइको निश्चित मापदण्ड बिपरीत नगर्ने, घाटको संरक्षण तथा धार परिवर्तन भन्ने कुरामा सजकता अपनाउँदै जाने भन्ने उल्लेख गरिएको हुन्छ । तर राप्तीको उत्खनन्मा भने सबै नियम विपरीत दोहन गरिएको छ ।

अनुगमन गरेर ठेकेदारहरूले उत्खनन् गरेका नदीजन्य पदार्थको नाप लिन स्थानीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि हाम्रो कुराको सुनुवाई नभएको स्थानीयहरूको गुनासो छ । अहिले सबै निर्माण कम्पनीले ठेक्का सम्झौताभन्दा ३/४ गुणा बढी उत्खनन् गरिसकेको धरमपुरका स्थानीय प्रकाश चौधरीले बताए । ठेकेदार कम्पनीले राष्ट्रिय गौरवको योजनाको रूपमा निर्माण गरिएको राप्ती तटबन्धनको समेत लगभग ७८ मिटर तार जाली काटेर समेत नोक्सानी गरेको चौधरीको आरोप छ ।

व्यक्तिगत जग्गामा पनि ठेकेदारको उत्खनन्

नदीसँगै पछिल्लो समय व्यक्तिगत जग्गामा समेत उत्खनन् गर्न भ्याएका छन् । ‘अहिले जेसिबी चलिरहेको जग्गा मेरो हो, मेरो त्यहाँ नौ कठ्ठा जग्गामा समेत थाहै नदिई ठेकेदारहरूले मनोमानी तरिकाले उत्खनन् गरेका छन्’ शंकर चौधरीले भने, ‘सरकारले लकडाउन ग¥यो, जग्गाको सबै गिट्टी, बालुवा चोरिसके ।’ शंकरसंगै १५÷१६ जनाको लगभग चार बिगाह व्यक्तिगत नम्बरी जग्गामा समेत अवैध उत्खनन् गरेको चौधरीले बताए ।

जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञामा स्थानीय सरकारको सिफारिसमा ढुंगा, गिट्टी, बालुवा ढुवानी गर्ने समय विपरीतको समयमा उत्खनन् गरेको आरोप लगाउँदै बिहान ४ बजेदेखि नै राप्ती नदीमा डोजर, टिपर, टेक्टरको भिड लाग्ने गरेकोले गाउँलेले अवैध कार्यको विरोध गर्दै आएका छन् । मापदण्ड बिपरीत उत्खनन् गरेको ठहर भएकानुन बमोजिम कारवाही गरिने गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष प्रकाश भण्डारीले बताए ।

राप्ती नदीको विभिन्न क्षेत्रमा भैरहेको नदी दोहन रोक्नका लागि केन्द्रीय नीति निर्माणमा जोड दिन आवश्यक रहेको भन्दै उनले मापदण्ड निर्माणमा स्थानीय सरकार, समुदाय प्रशासन र राजनीतिक दलको साझा निष्कर्षबाट तय गर्नुपर्ने बताए । ब्यवसायी बसन्त कुँवरले मापदण्डभित्र रहेर गाउँपालिकाले देखाएको स्थानमा उत्खनन् गरेको दावी गरेका छन् ।

स्थानीय सरकारले निकासा गरिएको नदीजन्य पदार्थको नियमित अनुगमन र मूल्यांकन नगरेको बताए । वर्तमान संविधानले खनिज उत्खनन्को अधिकार संघमा दिएको छ । यसको अध्ययन अनुसन्धान गर्ने अधिकार प्रदेशलाई छ । संरक्षणको अधिकार स्थानीय तहलाई छ । कतिपय कानूनी व्यवस्था संविधान अनुसार नहुँदा पनि समस्या भएको वातावरणविद्को भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here