- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsअस्पताललाई स्वास्थ्य सामग्री

अस्पताललाई स्वास्थ्य सामग्री

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २८ जेठ । सबै उपचार कोरोना केन्द्रित भइरहेका बेला अन्य बिरामीको उपचार सहजताका लागि प्रादेशिक अस्पताल र उपमहानगर–पालिकालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

जिल्लाको राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकालाई ननकोभिडको बिरामीको उपचार र प्रयोगको लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्री बिहीबार उपलब्ध गराइएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आग्रहमा, नेपाल रेडक्रस सोसाइटीको सहकार्य तथा समन्वय र युएनएफपिएको सहयोगमा स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन शाखाका कार्यक्रम अधिकृत नगेन्द्र अर्यालले जानकारी दिए ।

अन्य बिरामीको उपचारमा समस्या भयो, त्यसको निरन्तरताका लागि प्राथमिक स्वास्थ्य सामग्री सहयोग गरिएको हो अर्यालले भने । सहयोग गरिएको स्वास्थ्य सामग्री ११ नम्बरको औषधी प्याकेज भएको बताए । यसको ३४ वटा बक्स सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति नारयण आचार्यले रापती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्य पदम प्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई हस्तान्तरण गरेका हुन् ।

स्थानीय तहलाई महिला सुरक्षा सामग्री

तुलसीपुर उपमहानगर–पालिकालाई महिला स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया शर्मालाई किशोरी किट ६० र डिग्नेटी किट ५० हस्तान्तण गरिएको नेपाल रेडक्रस सोसाइटी दाङमा प्रशासकीय अधिकृत विश्राम अधिकारीले बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा शाखाका मन्त्री प्रकाश श्रीबन्द, सदस्य भिमलाल मरासिनी, कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वली, रेडक्रसका कार्यक्रम संयोजक जगत तामाङ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपप्रमुख माया शर्माले नगरलाई आवश्यक सामग्री प्राप्त भएको भन्दै यसलाई सही सदुपयोग गरिने बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here