- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरस्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्री सहयोग

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २८ जेठ । नेपाली कांग्रेस रूकुम क्यालिफोर्निया, टेक्सास जनसम्पर्क समितिले बाँफिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । रोजगारीको शिलशिलामा अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा पुगेका रूकुमेली युवाहरूले सहयोग गरेको नेपाली कांग्रेस रूकुम पश्चिमका युवा नेता जनककुमार बाठामगरले बताए ।

गाउँमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सहयोग पु¥याउने उद्देश्यले क्यालिफोर्निया जनसम्पर्क समितिले गाउँपालिकालाई ४ लाख २५ हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । पत्रकार लोकेन्द्र खनालको पहलमा उक्त स्वास्थ्य सामग्री गाउँपालिकालाई सहयोग गरिएको हो ।

बाँफिकोट गाउँपालिकालाई चारसय थान एन्टिजेन किट, १२ हजार पाँचसय थान सर्जिकल मास्क, भिटामिन ‘सी’ १० हजार ट्याब्लेट, पिपिई सेट ३० थान, अक्सिमिटर १२ वटा र डिजिटल थर्मलगन १५ थान गरी ४ लाख २७ हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।

अध्ययन तथा रोजगारीका लागि टेक्सास पुगेका जिल्लाबासीहरूले स्वास्थ्य सामग्री खरिदका लागि संकलन गरिएको रकम पठाउँदै आएको नेपाली कांग्रेस टेक्सास जनसम्पर्क समितिका सभापति मनबहादुर कुसारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here