- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयराजनीतिक सरगर्मी

राजनीतिक सरगर्मी

- Advertisement -spot_img

सम्पादकीय
देश कोरोनाले आक्रान्त भइरहेको छ । कोरोनाको महामारीकै बीचमा राजनीति सरगर्मी अत्यधिक बढेको छ । नयाँ सरकार गठनको मुद्दाबाट सुरू भएको राजनीतिक गतिविधि प्रतिनिधिसभा विघटन हँुदै मन्त्रीमण्डल विस्तारसम्म पुगिसकेको छ ।

केन्द्रमा ओली सरकारले गतिविधि चलाउँदै दैनिकजसो मन्त्रीपरिषद् विस्तार गरिरहदा प्रदेशमा भने राजनीतिक उथलपुथल देखिन्छ । झण्डै साढे तीन वर्षको कार्यकालमा प्रधानमन्त्री केपी ओलीले १९ पटक मन्त्रीमण्डल हेरफेर गरिसकेका छन् ।

विगतमा दुई तिहाइको बहुमतका साथ सरकार चलाईरहेका ओली अहिले भने अल्पमतको सरकारको हैसियत देखाउँदै प्रतिनिधिसभा विघटन गदै हिडेका छन् । त्यसको असर केन्द्र हुँदै प्रदेश सरकारमा पनि परिरहेको छ । विभिन्न प्रदेश सरकारका लागि नयाँ समिकरण भइरहेका छन् भने पुराना समिकरण भत्किरहेका छन् ।

सातवटा प्रदेशमा प्रदेश सरकारहरू छन् । १ र २ प्रदेश बाहेकका सबै प्रदेशको नाम र राजधानी समेत टुङ्गीसकेको छ । अहिले भने प्रदेश सरकारहरूमा राजनीतिको नयाँ मोड सिर्जना भएको छ । एमाले भित्रको धु्रविकरण र ओलीको प्रतिगमनको कदमका विरूद्धमा ओली इतरका राजनीतिक दलहरू एक ठाउँमा रहेका छन् ।

अहिले यहि समिकरण प्रदेशसम्म पुग्दा धेरै प्रदेश सरकारको संरचना र नेतृत्व फेरिने देखिएको छ । कर्णालीबाट सुरू भएको प्रदेश सरकारको चलखेल अहिले सबै प्रदेशमा पुगिसकेको छ । एमालेकै ध्रुविकरणका कारण कर्णाली सरकार माओवादीको नेतृत्वमा चलिरहेको छ । सुदूरपश्चिम प्रदेश पनि माओवादीको नेतृत्वमा छ ।

त्यहाँ पनि एमालेकै सहयोगले प्रदेश सरकार विश्वासको मत लिदै टिकेको छ । बिहीबार गण्डकी प्रदेशमा सत्ता समीकरण फेरिने पक्कापक्की भएको छ । एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरूङले संसदबाट विश्वासको मत पाउन नसकेपछि सत्ता फेरबदल हुने पक्का भएको हो । प्रदेश दुईमा पनि समिकरण फेरिएको छ ।

अहिलेसम्म प्रतिपक्षमा रहेको कांग्रेस सत्तामा गएको छ । लुम्बिनीमा पनि सत्ता परिवर्तनको खेल चलिरहेको छ । तर प्रतिपक्षले त्यो सफलता पाउन किनै कसरत गर्नुपर्ने देखिन्छ । प्रदेश एक र बाग्मतीमा पनि सरकारको बहस त चलेको छ । तर गतिविधि भने अघि बढेको देखिदैन ।

राजनीतिका आफ्नै मूल्यमान्यता, प्रद्धति, संस्कार हुन्छन् । पछिल्लो समयको राजनीतिक गतिविधि हेर्दा मूल्यमान्यता त परको कुरा हो सामान्य संस्कार र सभ्यतासम्म देखिन छोडेको छ । राजनीतिलाई संस्कारयुक्त बनाउनेतर्फ सबै राजनीतिज्ञहरू लाग्नुपर्छ । राष्ट्रको हित र जनताको हितमा राजनीतिकर्मीहरूले आफ्नो राजनीति गर्नुपर्छ । आफ्नो स्वार्थमा हैन देशको स्वार्थका लागि कर्म गर्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here