- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरअधिनायकवादविरुद्ध संयुक्त आन्दोलनः केसी

अधिनायकवादविरुद्ध संयुक्त आन्दोलनः केसी

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २७ जेठ । ओली सरकारको अधिनायकवादका विरुद्धमा डटेर लड्नुपर्ने अवस्था आएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । उनले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र राष्ट्रघाती कदमका विरुद्ध संयुक्तरुपमा आन्दोलनको आवश्यकता रहेको बताए ।

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा राष्ट्रघाती कदम र संयुक्त आन्दोलनको आवश्यकता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसी यस्तो बताएका हुन् ।

नेपाली जनताले संघर्ष र लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरु ओलीले खोस्ने काम गरिरहेको हुँदा यसको रक्षामा जुट्नुपर्ने बेला आएको बताए । ‘ओली सत्ता र स्वार्थको लागि जस्तोसुकै जनघाती र राष्ट्रघाती कदम चाल्न पनि पछाडी पर्दैन्न भन्ने कुरा अब प्रस्ट भैसकेको छ’ उनले भने, ‘यो अवस्थामा हामी सबै एक भएर संयुक्त रुपमा जुटेर लोकतन्त्रको रक्षा गर्नुपर्छ ।’

‘अब जनघाती काम गर्नेलाई जनता संगठित गर्दै संयुक्त आन्दोलनबाट हटाउनुपर्छ’ उनले भने, ‘हामीले उपलब्धिहरुको रक्षा गर्नुपर्छ ।’ ‘नेपालमा राणा, राजा, पञ्च सबै संयुक्त आन्दोलन र जनताको तागतले हटेको हो’ उनले भने, ‘ओलीको अधिनायकवाद पनि यसैगरी हट्छन् । सरकारमा अहिले साम्प्रदायिकतावादीहरुको प्रवेश भएको छ ।

जसको नेपाली नागरिकता नै छैन उनै अब सरकार सञ्चालक बन्दैछन् । यसैले पनि बुझाउँछ देशको अवस्था कस्तो छ भन्ने कुरा ? रोगले जनता अक्सिजन पाइराखेका छैनन् । नागरिक सडकमा आउने अवस्था छैन । तर ओली यही मौका पकडेर राष्ट्रघात गरिरहेका छन् । ‘हामीले नेपालको विशिष्ट अवस्थालाई हेरेर बारम्बार नागरिकताको प्रावधान खुकुलो बनाउन हुँदैन भन्यो तर त्यो कुरामा अरु कसैले ध्यान गएन’ उनले भने ।

अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइनसहित अगाडी बढाउन लागेको आरोप लगाए । यो कुरा सबैले बुझ्नुपर्छ र संयुक्त आन्दोलन अगाडी बढाउनुपर्छ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता भरत भण्डारी, नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव तुलसीराम पुन, जनता समाजवादीका जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, अखिल नेपाल कानुन व्यवसायी संघका उपाध्यक्ष नुमानन्द आचार्यलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here