Friday, March 29, 2024
Homebreaking-newsपुरानो नक्सा रहेका पुस्तक जफत गर्न निर्देशन

पुरानो नक्सा रहेका पुस्तक जफत गर्न निर्देशन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २७ जेठ । नयाँ नक्सा जारी भएपनि विद्याल पाठ्यक्रममा राखिने नक्सा सम्बन्धीको विवाद अहिलेसम्म यथावत छ । कहिले नयाँ नक्साका पुस्तक त कहिले पुराना नक्साका पुस्तक भनेर । तर यसपटक भने पुरानो नक्सा छापेर बिक्री वितरण भएका र गरिएका पुस्तक जफत गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

केही निजी प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिकेलगायतका पुस्तकमा नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा प्रयोग गरेर बिक्रीको तयारी गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले त्यस्ता पुस्तकहरुलाई जफत गर्ने निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बुधबार बसेको ८८औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले पुस्तकमा पुरानो नक्सा छापेर प्रकाशन गरिएका पुस्तक प्रकाशकहरुलाई हदैसम्मको कारबाही गर्न समेत पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

उनले कुनैपनि प्रकाशकले नेपालको पुरानो नक्सा उल्लेख गरी पुस्तक प्रकाशन एवं बिक्री वितरण गर्ने गरेको पाईएमा त्यस्ता पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टिकरण सोध्न र बजारमा बिक्रीमा राखिएका पुस्तकहरु जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । यदि कोहि कसैले मन्त्रालयलको निर्देशनलाई अटेर गरी पुस्तक प्रकाशन एवं बिक्री वितरण गरेमा कानुन अनुसार कारवाही गर्नसमेत निर्देशन दिएका छन् ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको बताए । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘पुरानो नक्सा छोपेर पुस्तक बिक्री गरिएको विषयमा तत्काल अनुगमन गर्नेछौ’ उनले भने– ‘गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौँ ।’

उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने बताए । ‘पुरानो नक्सा राखेर पुस्तक छपाई गरेको जानकारी पाएका छौँ’ उनले भने– ‘ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here