- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयउदाहरणीय काम

उदाहरणीय काम

- Advertisement -spot_img

सम्पादकीय
हिले कोरोना सहरबाट गाउँ केन्द्रित भएको छ । सहजमा पहँुचवाला र सबै हिसावले सम्पन्न नागरिकहरूको बढी बसोबास रहन्छ । गाउँ सबै हिसावले पछि परेको हुन्छ  । गाउँका नागरिकहरूले सहजरूपमा सिटामोलसमेत नपाउने अवस्थामा महामारीको सापना गर्न धौ–धौ नै छ ।

त्यो पीडा आमनागरिकले कोरोनाको दोस्रो भेरियन्टबाट प्रत्यक्ष रूपमा भोगेका छन् । आम नागरिकको समस्या र पीडा भइरहेका बेला जिल्लाका केही सामाजिक संघसंस्था र युवाहरूका संस्थाहरूले मानवीय तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका राम्रा र उदाहरणीय कामहरू गरेका छन् ।

समाजका लागि उपयोगी हुने र सहयोग पुग्ने कार्यले केही नयाँ सन्देश पनि दिइरहेको छ । युवाहरूको संस्था जेसीजले अहिले राज्यले संयन्त्रले गर्न नसकेका केही कामहरू राज्यकै सहभागितामा गरिरहेको छ । यो कार्य उदाहरणीय र नमुना मान्नलाई कुनै समस्या छैन । अर्काे ति बेस नामक संस्थाले गाउँ–गाउँमा चिकित्सकसहितको घुम्ती स्वास्थ्य सेवा दिइरहेको छ । सामाजिक संस्थाका यी कामले समुदायमा धेरै राम्रो प्रभाव पनि पारेका छन् ।

विपद्मा एकअर्काको सहयोग र सहकार्य आवश्यक छ । समन्वय सहकार्य एकआपसमा भएमा मात्रै महामारीयुक्त विपद्हरूलाई नियन्त्रण, नियमन र समाधान गर्न सकिन्छ । अहिलेको अवस्थामा कोरोनाको करहबाट आमनागरिकलाई सुरक्षित गर्न, कोरोना रोकथाम, नियन्त्रण र प्राथामिक उपचारको सेवा र मनोमरामर्श सेवा आवश्यक छ ।

यो अभियानमा लागेका विभिन्न स्थानका जेसीज, सामाजिक संघसंस्था, बेस, स्थानीय सरकार स्याबासीका पात्र बन्दै गएका छन् । यस्तो अवस्थामा केही व्यक्तिहरूको समेत विशेष भूमिका देखिएको छ । त्यो प्रनि सह्रानीय कार्य मान्न सकिन्छ ।

गाउँका नागरिकले सिटामोल समेत नपाएको अवस्थामा डाक्टर, औषधी र पौष्टिक आहार बोकेर गाउँ गएर सेवा गर्नु यो अवस्थामा चाजचुन हुँदै हैन । कोरोनाको महामारीको जटिल परिस्थितिलाई सहज बनाउँदै नागरिकहरूको सेवा गर्ने ध्येयले घर–घर पुग्नुले सबैलाई सामाजिक र मानवीय कार्यमा लाग्न प्रेरणा दिएको छ ।

कोरोनाको भय त्रास दिनदिनै बढिरहेको छ । यो अवस्थामा सक्नेले सहयोग गर्ने हो । अहिले जेसीजका युवाहरूले घोराही, तुलसीपुर लगायतका स्थानमा गरेको कामको प्रशंसा जति गरे पनि कमै जस्तो देखिन्छ ।

यस्ता कामलाई अन्य संस्थाहरूले पनि गर्नसकेमा सबै क्षेत्रका नागरिकहरूलाई महामारीमा सानो भए पनि आशा र भरोसा निर्माण हुनेछ । राम्रो र पारदर्शी कार्य गर्नेलाई सम्मान गर्दै सेवाका नाममा ठगी गर्ने, कमाई खाने प्रवृत्तिलाई अन्त्य गर्नेतर्फ सरकार भने लाग्नै पर्ने देखिएको छ । राम्रो गर्नेलाई सम्मान र गलत गर्नेलाई दण्डको व्यवस्थापन गरिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here