- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरठगीबाट बच्न दाङ प्रहरीको आग्रह

ठगीबाट बच्न दाङ प्रहरीको आग्रह

- Advertisement -spot_img

दाङ, २६ जेठ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न बाहानामा हुने ठगीबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा अनलाईनमार्फत विभिन्न वाहानामा ठगी तथा रकम असुली गर्ने घटनाहरु बढिरहेको भन्दै सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको हो ।

इमेल, इमो, भाइबर र ह्वाट्सएप मार्फत विभिन्न लटरी चिठ्ठा र उपहार परेको छ भनी प्रलोभनमा पारेर रकम असुल्ने, फेसबुट अकाउन्ट ह्याक गरी सहयोगका नाममा रकम असुल्ने लगायतका गतिविधिहरु बढिरहेको भन्दै समयमै सजक रहन प्रहरीले अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता मुकुन्दप्रसाद रिजालले त्यस्ता लटरी, चिठ्ठा प्राप्त गर्नका लागि कर लाग्ने भन्दै ठगी गर्ने गिरोहले रकम असुल्ने र ठगी गर्दै आएको जानकारी दिए ।

यसरी ठगीका उजुरीहरु प्रहरीमा आउने गरेको भन्दै कुनै पनि प्रलोभनमा नपर्न र त्यस्ता कार्य हुन थाले तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।
साथै उनले त्यस्ता गिरोहले चिठ्ठा परेको भनि बैंक खाता, मोवाईल नम्बर, पिनकोड र पासवर्ड मागेर ह्याक गरि खाताबाट रकम झिक्ने गरेको भन्दै अपरिचित व्यक्तिको फोन, म्यासेजको विश्वास नगर्न प्रहरी प्रवक्ता रिजालले आग्रह गरेका छन् ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here