- Advertisement -spot_img
Saturday, June 19, 2021
Homeमुख्य खबरप्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसको समय तोकियो

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसको समय तोकियो

- Advertisement -spot_img

काठमाडौँ,२६ जेठ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसको समय तोकिएको छ ।

बुधबारको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालयसहित विपक्षीहरुलाई कारण देखाउ आदेश दिदै असारको दोस्रो साता भित्रै मुद्धाको छिनोफानो गर्ने बताएको छ ।

संवैधानिक इजलासले असार १० गतेसम्म रिटसँग समबन्धित सबै कानुन व्यवसायीहरुलाई लिखितरुपमा बहसनोट पठाउन आदेश दिएपछि यस मुद्दाको किनारा असारको दोस्रो साता भित्र नै लाग्ने भएको हो ।

इजलासले बहसको समयसीमा तोक्दै एमिकस क्यूरीको समेत माग गरेको छ ।
बुधबार जारी गरेको आदेशमा बहसको समय १५ घण्टाभित्र दुवै पक्षको वहस सकिने गरि समय प्रदान गर्ने आदेश जारी गरेको हो ।
जसमा इजलासमा रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा बहस हुने छ भने सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुने आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै एक कानून व्यवसायीले बढीमा आधा घण्टामात्र बहस गर्नसक्ने समय निर्धारण गरिएको छ ।

त्यस्तै बुधबारको आदेशमा संवैधानिक इजलासको सहयोगीका रूपमा नेपाल बार र सर्वोच्च बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा पठाउन समेत आदेश जारी भएको छ ।

आदेशमा राष्ट्रपति कार्यालयसहितका विपक्षीहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत ७ दिनभित्र लिखित जवाफ दिन कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चको आदेश :

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here