- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsजेसीजको सह्रानीय काम

जेसीजको सह्रानीय काम

- Advertisement -spot_img

सपना बोहरा
घोराही, २६ जेठ । महामारीको समयमा सबैलाई सबैको सहयोग चाहिन्छ । मानवीय र सामाजिक कार्यमा संलग्न युवाहरू र संस्थाहरू विपद्मा सह्रानीय कार्यमा जुटेका छन् । राज्यको आँखामा नपरेको क्षेत्रमा र सहजताको भूमिका निर्वाह गर्दै सरकारसँग समन्वय गरेर सह्रानीय कार्यमा जुटिरहेका छन् । अहिले युवाहरूको संस्था जेसीज कोरोना नियन्त्रण र व्यवस्थापनका लागि सह्रानीय कार्यमा जुटेको छ ।

कहिले प्रहरीको सहयोगी त कहिले स्थानीय सरकारसँग सहकार्य गर्दै सामाजिक सेवामा जोडिएका छन् जेसिजका युवाहरू । कुनै गरिव बस्तीमा राहत पु¥याउन होस् वा कुनै समूहलाई सचेतना गराउन नै किन नहोस् अग्रसर हुन्छन् । कोरोना कहरमा उनीहरूलाई न गर्मीले छेक्यो र न झरीले नै । सामाजिक उत्तरदायित्व वहन गर्न कोभिडको जोखिम मोलेर पनि सामाजिक कार्यमा लागि रहे । दोस्रो लहरको कोभिडको संक्रमणको भयावह अवस्थामा पनि कहिले अक्सिजनको सिलिण्डर बोकेर अस्पताललाई सघाए त कहिले ज्याला मजदुरी गर्ने परिवारमा राहत बोकेर पुगे ।

त्यति मात्र होईन् कोभिडका पोजेटिभ रिपोर्ट आएका बिरामीहरूलाई पौष्टिक खाना, स्वास्थ्य सुरक्षा सामग्रीहरू समेत पु¥याउन भ्याए । अस्पतालका फ्रन्ट लाईनमा खटिएका डाक्टर तथा नर्सहरूलाई उच्च मनोवल बढाउनको लागि स्वास्थ्य सामग्रीहरू समेत हस्तान्तरण गरे । जिल्लामा रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रमका सञ्चालन गरे । कोरोना परिक्षणको लागि घर–घरमा समेत पुगिरहेका छन् ।

घोराहीमा त्रिभुवननगर जेसिज अहिले फ्रन्ट लाइनमा जुटेका छन् । महिला जेसीज तुलसीपुरमा तुलसीपुर जेसीज र लमहीमा लमही नगर जेसीजले सामाजिक कार्यमा जोडिदै आएका छन् । त्यसो त जेसीज सेवाको लागि स्थापना भएको भने होईन् । जेसीजमा आवद्ध युवाहरूको नेतित्व तथा क्षमता विकास गरेर सामाजिक उत्तरदायित्व वहन वहन गर्ने हो । तर जेसीज तथा अन्य क्षेत्रमा प्रवेश गरेर नेतृत्व गरेका जेसी युवाहरू सामाजिक कार्यबाट पछि हटेका छैनन् ।

जिल्लामा अन्य सामाजिक सेवामा आवद्ध भएका संस्थाहरू तथा युवाहरू पनि छन् । तर ति सिजनलको समयमा मात्र सक्रिय देखिन्छन् । अन्य समयमा खासै देखिदैनन् । जेसीजका युवाहरू भने हरेक समयमा अलर्ट भएर क्रियाशील हुन्छन् । जेसीजमा प्रत्येक वर्ष नेतृत्व फेरिन्छन् तर सामाजिक सेवा गर्ने भावनाका केहिले फेरिएको देखिदैन् ।

जेसीज कोभिडको महामारीको समयमा नगर क्षेत्रमा फ्रन्टलाइनमा विभिन्न अभियान लिएर सक्रिय भएको त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्माको भनाई छ । युवाहरूको आर्थिक, भौतिक, सामाजिक सहयोगले यो अभियान सञ्चालन गरेको शर्माले बताए । अहिलेसम्म जेजिसले यो अभियानका लागि झण्डै सात लाख रूपैयाँसमेत खर्च गरिसकेको छ ।

उनलाई सामाजिक सेवामा खटिनको लागि जेसीजका अन्य युवा, आमसमुदाय तथा विदेशमा रहेका युवाहरूले पनि साथ दिए । जेसीज अध्यक्ष शर्मा भन्छन्– ‘सामाजिक सेवा गर्न पाउँदा निकै खुशी भएका छौँ ।’ सामाजिक उत्तर दायित्वसँग जोडिनुपर्छ भन्ने जेसीजको भाव भएको शर्माले बताए ।

दोस्रो चरणको कोभिडको महामारीको समयमा कोभिडको पोजेटिभ रिपोर्ट आएर होम आईसोलेसन बसेका बिरामीहरूलाई अक्सिजनसहित अस्पतालमा भर्ना गरेको बताए । ‘कोभिडका बिरामीको संख्या बढ्दै गएको थियो, अस्पतालमा अक्सिजनको अभाव थियो’ उनले भने ‘केही सहयोग होस् भनेर हामीले संक्रमितको उपचार भइरहेका अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग ग¥यौँ ।’

सत्यसाई स्वास्थ्य सेवा केन्द्र काठमाडाँै र पोखराको सहयोगमा कोभिड बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको बताए । त्यसैगरी दोस्रो चरणको कोभिडको समयमा दुईपटक रक्तदान कार्यक्रमको आयोजना गरेको, उदाउँदो पुस्ताको सहकार्यमा प्लाज्म डोनर हेल्पडेस्कको स्थापना गरेको जानकारी गराए ।

कोभिडका बिरामीहरूलाई अक्सिजनको अभाव भईरहेको समयमा अक्सिजनसहित भर्ना गरेको, निःशुल्क औषधीहरू उपलब्ध गराएको स्वास्थ्य सामग्री सहयोग गरेको, संक्रमितहरूलाईै पौष्टिक आहार उपलब्ध गराउनेदेखि शंकास्पदहरूको लागि घरमै परिक्षण गर्नेसम्मको काम स्थानीय सरकार र स्वास्थ्यकर्मीको सहयोगमा गरिरहेको कार्यक्रम संयोजक किरण गौतमले बताए ।

रक्तसञ्चार सेवा केन्द्रलाई स्वास्थ्य सामग्री, कोरोना संक्रमित बिरामीहरूलाई निःशुल्क औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको जानकारी गराए । त्रिभुवननगर जेसीजको आयोजनामा घरदैलोमा कार्यक्रमअन्तर्गत घोराही ५, २, ४, ७, १७, १९ र तुलसीपुर जेसीजको सहकार्यमा तुलसीपुर–१३ मा गरी जम्मा दुई सय बढी कोभिड बिरामीका लागि निःशुल्क औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको उनले बताए ।

एन्टिजेन परीक्षण कार्यक्रम अन्तर्गत ४ सय ५० बढी व्यक्तिहरूलाई कोभिड पोजेटिभ रिपोर्ट आएकाहरूका लागि औषधि तथा स्वास्थ्य सुरक्षा सामग्री र अन्यलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको कार्यकारी उपाध्यक्ष कुल बहादुर वली जानकारी दिए । जेसिजका टंक रावतले अभियनाका लागि सबै सहकर्मीहरूको सहयोग रहेको बताए ।

‘सामाजिक सेवामा अग्रपंक्तिमा मात्रै उभिनुपर्ने रहेछ,’ अध्यक्ष शर्माले भने ‘सामाजिक कार्यमा हातेमालो गर्न धेरैले सहयोग गर्न आउनुहुन्छ ।’ सबैको सहयोगले सामाजिक कार्यमा सेवा गरेको उनले बताए । यो कोभिडको समयमा लक्षित भन्दा बढी कोभिड संक्रमणविरूद्धको अभियानमा काम गर्दा आर्थिक अभाव हुन थालेको समेत बताए ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले नगरको समन्वय गरेर काम गरेको बताए । स्वास्थ्य शाखाको सहकार्यसँगै जेसीस हिडेको बताए । उनले जेसीजको काम राम्रो र प्रभावकारी भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here