- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsरुकुममा धान रोपाई सुरू

रुकुममा धान रोपाई सुरू

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २६ जेठ । रूकुम पश्चिमका विभिन्न स्थानमा धान रोपाई सुरू भएको छ । पछिल्लो केहीदिन नियमित रूपमा पानी परेपछि जिल्लाका विभिन्न स्थानहरूमा धान रोप्न सुरू गरिएको छ ।

रोपाईका लागि प्रशस्त पानी भएपछि विगतमा बाँझै हुने खेतहरूमा यसवर्ष धान लगाउ सुरू गरिएको छ । सिंचाईको समस्याले गर्दा रोपाई नभएका खेतहरूमा यसवर्ष समयमै पानी परेपछि खेत रोप्ने तयारीमा लागेको बाँफिकोट गाउँपालिका–४ का किसान प्रशान्त जैसीले बताए । विगतका वर्षहरूको तुलनामा यसवर्ष समयमै पानी परेपछि कोरोना कहरसँगै जेठको तेस्रो सातादेखि धान रोपाई सुरू गरिएको चौरजहारी नगरपालिका वडा नं. ९ का डिल्ली कुँवरले बताए ।

यसैगरी जिल्लाको बाँफिकोट गाउँपालिका, आठबिसकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका किसानहरू पनि धान रोपाईको तयारीमा व्यस्त छन् ।

किसानले अनुदानको बीउ पाएनन्

यसैगरी बाँफिकोट गाउँपालिकाका किसानहरूले यस वर्ष अनुदानमा धानको बीउ नपाएको बताए । स्थानीय सरकारले यसवर्ष अनुदानमा धानको बीउ वितरण नगरेपछि महँगो मूल्यमा धानको बीउ किन्न बाध्य भएको गाउँपालिकाका किसानहरू बताउँछन् ।

देशभर कोरोना कहरको दोस्रो लहर फैलिरहेकाले यसवर्ष जिल्लाका कुनैपनि स्थानीय सरकारले धानको बीउ खरिद नगरिएको बाँफिकोट गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख लोकेन्द्र वलीले बताए । कोरोना महामारीका कारण सबै सरकारी कार्यालयहरू बन्द भएकाले बीउ खरिद नगरिएको उनले जानकारी दिए ।

स्थानीय सरकारले धानको बीउ वितरण नगरे पनि यसवर्ष जिल्लाका किसानहरूले निजी एग्रोभेटहरूबाट हाईब्रेड जातका धानहरू महँगो शुल्कमा खरिद गरी धान रोपाई सुरू गरेका हुन् । किसानहरूले यसवर्ष युएस ३१२, उपज, हाईब्रेड २२४५ लगायतका विभिन्न जातका धानहरू खरिद गरेको मेनुका एग्रोभेट सञ्चालक मेनुका कँवरले बताइन्् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here