- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारशिक्षा क्षेत्रमा अझै पुगेन खोप

शिक्षा क्षेत्रमा अझै पुगेन खोप

- Advertisement -spot_img

कोरोना भाईरस विरूद्धको खोप अझैसम्म शिक्षकहरूले लगाउन पाएनन् । नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३५ मा स्वास्थ्यसम्बन्धी ब्यवस्था छ । मौलिक हक कार्यान्वयन गर्ने दायित्व सरकारको हो । नागरिकहरूले स्वास्थ्यसम्बन्धी अधिकारको सही ढंगले उपयोग गर्न पाउनुपर्छ । त्यति मात्र होईन कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी ऐनको ब्यवस्था गरिएको छ । तरपनि सयौँ विद्यार्थीका माझमा अध्यापन गराउने शिक्षक बञ्चित भएका छ्न ।

नेपालमा पुस १४ गतेबाट कोरोनाविरूद्धको खोप अभियान सुरू भएको हो । खोप लगाउने संख्या पहिलो चरण २१ लाख १३ हजार ८० र दोस्रो चरणमा ६ लाख ९१ हजार ४ सय ९४ जना छन् । खोपले ७० प्रतिशतभन्दा बढी रोग प्रतिरोधात्मक क्षमता भएको दाबी गरिएको छ । सरकारी विद्यालयमा २७ हजार ८ सय १३ जना, निजी विद्यालायमा ६ हजार ७ सय ३२ र धार्मिक विद्यालयमा १ हजार १ सय २१ गरी ३५ हजार ६ सय ७४ विद्यालय छन् ।

स्थानीय तहका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शवबाहन चालकहरू, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ खोप लगाईयो । खोप लगाउन जाँदा सबैले आ–आफ्नो कार्यालयको परिचयपत्र लिएर जानुपर्ने मन्त्रालय जनाएको छ । तर शिक्षकले प्राप्त गरेको नेपाल सरकारको परिचयपत्रको कुनै अर्थ रहेन ।


ती विद्यालयमध्ये २ लाख ३० हजार १ सय १० जना सरकारी विद्यालय र निजी विद्यालयमा ९० हजार ४ सय ६६ गरी ३ लाख २० हजार ५ सय ७६ जना शिक्षक कर्मचारी कार्यरत छन् । तीमध्ये कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२६ बढी पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या योभन्दा बढी हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरूले गरेका छन् ।

पहिलो चरणको खोप शिक्षा क्षेत्रले पाएन

कोभिड–१९ विरूद्धको खोपको पहिलो चरणमा स्वास्थ्यकर्मी, त्रिभुवन विमानस्थलमा कार्यरत कर्मचारी, महिला स्वयम्सेविका, एम्बुलेन्स चालक, शव वाहन चालक, वृद्धा आश्रममा बस्ने र उनीको स्याहार गर्ने कर्मचारीलाई खोप लगाइएको छ । जेलका कैदी र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समेत पहिलो चरणमा खोप लगाएका छन् । तर यो चरणमा पनि शिक्षक परेनन् । बरू कोरोना संक्रमणबाट थिलो–थिलो भएको पीडा सामाजिक सञ्जालमा पोष्ट गर्ने भने शिक्षकहरूले छोडेनन् । ज्यान गुमाउने शिक्षकको संख्यामा कमि भएन । भारत सरकारले अनुदानमा दिएको १० लाख खोप लगाईएको छ ।

दोस्रो चरणको खोप

दोस्रो चरणको खोपका लागि सरकारले पेसाका आधारमा जोखिम क्षेत्रमा काम गर्नेहरूको पहिचान ग¥यो । दोस्रो चरणमा अग्रपंक्तिमा खटिने प्रहरी, सेना, सशस्त्र प्रहरी, नगरपालिकाले नियुक्त गरेका नगर प्रहरी, यातायातकर्मी, हवाई यातायातमा कार्यरत क्याबिन क्रु, एयरपोर्टमा कार्यरत कर्मचारी, बैंक, मालपोत, नापी, खानेपानी, विद्युत र सञ्चारमा कार्यरत कर्मचारीलाई खोप लगाउने सरकारले सूचि तयार पा¥यो ।

दोस्रो चरणको खोप लगाउने प्राथमिकताको सूचिमा ५५ वर्ष उमेर समूहभन्दा माथिका नागरिकलाई पनि राखियो । तर यो लिष्ट फेरि पनि परेनन् । चीनले नेपाल सरकारलाई पाँच लाख खोप अनुदानमा दिने प्रतिबद्धता जनाएको छ भने भारतबाट २० लाख खोप खरिदका लागि अघि बढायो ।

तेस्रो चरणको खोप

२०७७ माघ २४ गते पहिलो र माघ ३० गते दोस्रो चरणको खोप अभियान सकिएको छ । तेस्रो चरणको खोप अभियान फागुन ८ गतेसम्म सञ्चालन ग¥यो । भारतीय सिरम इन्ष्टिच्यूटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा सुरू भएको खोप अभियान २०७८ फागुन ८ गतेदेखि तेस्रो चरणमा प्रवेश गरेको हो ।

स्थानीय तहका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शवबाहन चालकहरू, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ खोप लगाईयो । खोप लगाउन जाँदा सबैले आ–आफ्नो कार्यालयको परिचयपत्र लिएर जानुपर्ने मन्त्रालय जनाएको छ । तर शिक्षकले प्राप्त गरेको नेपाल सरकारको परिचय पत्रको कुनै अर्थ रहेन ।

६२–६४ बर्ष उमेरलाई खोप

जेठ २५ गतेबाट चिनियाँ भेरोसेल १० लाख खोप ६२–६४ बर्ष उमेर समूहका ब्यक्तिलाई पहिलो मात्रा दिइँदै छ । यसअघि पहिलो मात्रा पनि छुटेका ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यसपटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एकदिन खोप दिने कार्यक्रम तय गरिएको हो । स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै जेठ २५ गते ६४, जेठ २६ गते ६३, जेठ २७ गते ६२, जेठ २८ गते ६१ र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

जेठ २५ देखि ६२–६४ बर्ष उमेरलाई खोप

यसअघि कोभिडको संक्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २२ बैशाखको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको २५ बैशाखको निर्णयानुसार काठमाडौँ लगायत आधा दर्जन बढी जिल्लामा जेठ २ गतेबाट कोभिड–१९ विरूद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । ११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको थियो ।

झण्डै पाँच लाख निको भए

२०७८ जेठ २४ गतेसम्म पिसीआर टेष्ट ३१५५०६४, एन्टिजेन टेष्ट ७५८५२, निको ४,९७९६० अर्थात् ८४.२ प्रतिशत छ । मृत्युु हुने ७९९० जना छन् । होम आईसोलेसनमा ७८,३६४, संस्थागत आईसोलेसन ७१८०, आईसियु १४३४ र भेन्टिलेटरमा ३९७ जनाले उपचार गराईरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल शिक्षक महासंघ चरणवद्ध आन्दोलन

तेस्रो चरणको आन्दोलन अन्तर्गत जेठ २१ गते कोभिड खोप नलगाएसम्म स्कुल सञ्चालन हुँदैन भन्दै दबाब, जेठ २३ शिक्षक कर्मचारीका माग मुद्दा र सम्झौता र अहिलेको बजेटबाट सिर्जित विभेदलाई विभिन्न सञ्चार माध्यमबाट दबाब सिर्जना गर्नुपर्ने, जेठ २५ गते २० सेकेन्डको टिकटक बनाएर भिडियो सावर्जनिक गर्नुपर्ने, जेठ २७ गते अनलाइन अन्तरक्रिया गर्ने, जेठ २९, ३१ र असार ३ गतेसम्म महासंघको आधिकारिक पोष्ट लाई हरेक शिक्षक कर्मचारीले आ–आफ्नो सामाजिक सञ्जालबाट दबाब दिनुपर्ने, असार ५ गते अनलाइन मूल्याकंन बैठक, असार १० गते चौथो चरणका अन्दोलनको घोषणा गर्ने भएका छ्न ।

आशा पलायो बिमाबाट

स्थानीय तहले बिमा गराएका तर असारसम्म म्याद भएका शिक्षा क्षेत्रका शिक्षक कर्मचारीले बिमाबाट भने राहत पाउदै आएका छन् । कोरोना संक्रमित भएका ब्यक्तिले बिमा बाफतको रकम पाउने गरेका छन् । नेपाल सरकारको स्वामित्वको नेपाल बिमा संस्थान लिमिटेडमा बिमा गराएका ब्यक्तिले पिसीआर टेष्टको रिपोर्ट, सम्बन्धित वडाको सिफारिस र शिक्षा शाखाको पत्रका साथ आवश्यक कागजात पेस गरेको केही समयमा बिमा सहजै पाउने गरेका शिक्षकहरूले बताउँछन् । अन्य बिमा कम्पनीले पनि सम्झौता अनुसारको बिमा रकम प्राप्त गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here