- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयस्थानीय तहमा बजेट चटारो

स्थानीय तहमा बजेट चटारो

- Advertisement -spot_img

सम्पादकीय
आउँदो आर्थिक वर्षका लागि बजेट तथा नीति कार्यक्रमको तयारी स्थानीय सरकारहरूमा हुन थालेको छ । संघीय सरकारले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । प्रदेश सरकारहरू पनि नीति तथा कार्यक्रमसँगै बजेटको छलफल सुरू गरिसकेका छन् । संघ र प्रदेश बजेटको गतिविधिमा लागेपछि स्थानीय सरकार पनि बजेट व्यवस्थापन दाङका पालिकाहरू यतिबेला बजेटको पूर्वतयारीमा जुटेका छन् ।

आउँदो आर्थिक वर्ष सञ्चालन र व्यवस्थापनका लागि असार १५ गतेभित्रमा सबै स्थानीय सरकारले बजेट तथा नीति कार्यक्रम ल्याइसक्नुपर्ने व्यवस्था रहेको छ । असार १५ गतेभित्रमा बजेट ल्याईसक्नुपर्ने संवैधानिक व्यवस्थालाई भएकाले स्थानीय सरकारहरू बजेटको तयारीमा जुटेका हुन् ।

अहिले सबै स्थानीय तहहरू बजेटको तयारीमा जुटिरहेका बेला दाङका स्थानीय तहहरू पनि बजेट केन्द्रित देखिएका छन् । एकतिर चालु आर्थिक वर्षका योजनाहरू फरफारकतिर र अर्काे ति बजेटको तयारीमा पालिकाहरूको सक्रियता देखिएको हो ।

सहजरूपमा आर्थिक वर्ष सञ्चालन गर्न नीति, कार्यक्रम र बजेट अनिवार्य र अपरिहार्य छ । त्यहि मातहतमा रहेर मात्रै हरेक गतिविधि सञ्चालन हुने गर्दछन् । योजनाविनाका गतिविधिहरू प्रभावकारी पनि हुँदैनन् र नीति सम्बद्ध पनि मानिदैनन् ।

त्यसकारणले पनि हरेक वर्ष नयाँ नीति अनुसारको बजेट सरकारले ल्याउने गरेको छ । यहि अन्तर्गत आर्थिक वर्ष २०७८/०७९को लागि पनि स्थानीय सरकारले बजेट तथा कार्यक्रम ल्याउने तयारी भएको हो । दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका बजेट तथा नीति कार्यक्रमको पूर्णतयारीमा छन् ।

पालिकाहरूले आफनै सुविधाअनुसार बजेटका तयारी गरेको देखिन्छ । कतिले तोकेको मिति र कतिले त्यो भन्दा पहिले नै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी देखिएका छन् । संघीय सरकारले बजेट प्रस्तुत गरेपछि पालिकास्तरीय नीति निर्माण, योजना तुर्जमा, पूर्वयोजना तथा बजेटको समीक्षा, उपलब्धिका विषयमा पालिकामा काम भइरहेको छ ।

कोरोना कहरको बीचमा आउन थालेको स्थानीय सरकारको बजेट र नीति कार्यक्रम विगतभन्दा फरक हुने आँकलन गरिएको छ । दोस्रो भेरियन्टको अवस्थालाई मध्यनजर गरेर पनि कोरोना सतर्कता बढी हुने आँकलन पनि हुन थालेको छ । आर्थिक वर्ष २०७७÷७८ का ल्याईएका नीति तथा कार्यक्रम र बजेटहरू उपलब्धि, कार्यान्वयन, सकारात्मक पक्ष र कमजोरी पक्षलाई पहिचान गरेर नयाँ बजेट र योजना आउन सकेको खण्डमा त्यो प्रभावकारी हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here