- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबजेटको तयारी गर्दै दाङका पालिका

बजेटको तयारी गर्दै दाङका पालिका

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २५ जेठ । दाङका पालिकाहरू यतिबेला बजेटको पूर्वतयारीमा जुटेका छन् । असार १५ गतेभित्रमा बजेट ल्याईसक्नुपर्ने संवैधानिक प्रावधान भएकाले स्थानीय सरकारहरू बजेटको तयारीमा जुटेका हुन् । असार १० गतेसम्म नीति तथा कार्यक्रमहरू पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अनुसार त्यहि अनुसार अहिले जिल्लामा रहेका दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका बजेटको तयारीमा छन् । कतिले तोकेको मिति र कतिले त्यो भन्दा पहिले नै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाएका हुन् ।

संघीय सरकारले बजेत प्रस्तुत गरेपछि पालिकास्तरीय नीति निर्माण, योजना तुर्जमा, पूर्वयोजना तथा बजेटको समीक्षा, उपलब्धि लगायतका विषयमा छलफल एवं खाका तयार पार्ने काममा ब्यस्त रहेको पालिकाहरूको भनाई छ । आर्थिक वर्ष २०७७÷७८ मा ल्याईएका नीति तथा कार्यक्रम र बजेटहरू उपलब्धि, कार्यान्वयन, सकारात्मक पक्ष र कमजोरी पक्षलाई पहिचान गर्नका लागि पूर्व समीक्षाको कामहरू भइरहेको तुलसीपुर उपमहानगर–पालिकाका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले बताए ।

उपमहानगरपालिकाले एक हप्तादेखि नीति तथा योजना तर्जुमाको कामलाई अगाडी बढाएको उनले जानकारी दिए । योजना अनुसार बजेट ल्याईने भएकाले वडास्तरमा योजना छनोट तथा सुभाव संकलनको जिम्मा दिइसकेकाले वडाबाट आएका योजनाहरूको आधारमा बजेटको तयारी गरिने उनले जानकारी दिए ।


संघीय सरकारले बजेत प्रस्तुत गरेपछि पालिकास्तरीय नीति निर्माण, योजना तुर्जमा, पूर्वयोजना तथा बजेटको समीक्षा, उपलब्धि लगायतका विषयमा छलफल एवं खाका तयार पार्ने काममा ब्यस्त रहेको पालिकाहरूको भनाई छ ।


बहुवर्षीय कार्यक्रम प्राथमिकतामा

विशेषगरी यसवर्ष उपमहानगर–पालिकाले बहुवर्षिय योजनाहरूलाई प्राथमिकता दिने बताएको छ । नगरका तुलसीपुर मेट्रो अस्पताल, नगरको प्रशासनिक भवन, गुरूजजुर मावि, पक्की सडक निर्माणलगायतका योजना र उपभोक्ता समितिले गर्ने जनसरोकारसँग सम्बन्धित कार्यक्रमहरूलाई मुख्य प्राथमिकतामा राखिने उनले जानकारी दिए । उपमहानगरपालिकाले नीति निर्माण तथा योजना तर्जुमाका लागि योजना बैंकसमेत स्थापना गरेको छ ।

उक्त योजना बैंकमार्फत पनि योजनाहरू छनोट गरिने उनले बताए । यसैगरी विषयगत समितिहरूसँग छलफल गरेर कुन योजनालाई कसरी परिचालन गर्ने, कति प्राथमिकता दिने ? भन्नेबारे टुङ्गो लगाइने उनले बताए । ‘हामीले वडाहरूलाई योजना छनोट र सुझाव संकलन गर्न पत्राचार गरिसकेका छौँ’ उनले भने–‘सबै वडाहरूबाट सुझावसहितको योजनाको खाका आयोे भने छलफल गरेर सोही अनुसार बजेट ल्याउने छौँ, अहिले सुरूवात मात्रै भएको छ ।’

उपमहानगरले आगामी आर्थिक वर्ष २०७८÷७९ मा वडाका योजना र उपभोक्ता समितिहरू मार्फत गरिने योजना जस्तैः पुल निर्माण, पक्की नाला निर्माण, काठेपुल, ह्युमपाईप निर्माणलगायतका योजनाहरूलाई प्राथमिकतामा राख्ने तयारी छ  ।

यसैगरी माध्यमिक तहको विद्यालय सञ्चालनका लागि कम्तीमा पाँचजना शिक्षकको सुनिश्चितता गर्ने तलब बृद्धि गर्ने, छात्रवृत्ति उपलव्ध गराउने, घरमै पढ्न सक्नेगरी पुस्तक प्रकाशन गर्ने, शिक्षक आपूर्तिका विषयलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

यसैगरी घोराही उपमहानगर–पालिकाले पनि नीति तथा योजना निर्माणको तयारी थालेको छ । उपमहानगरले योजना छनोट तथा सुझाव संकलनका लागि महाशाखालाई पत्राचार गरिसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । महाशाखाबाट आएका योजनाहरू विषयगत समितिसँग छलफल गरेर योजना तर्जुमा तथा बजेटको तयारी गरिने बताए । कोरोना महामारी अझैपनि नियन्त्रणमा नआएकाले सामाजिक विकास शाखा र पूर्वाधार विकासका योजनाहरू प्राथमिकतामा राखिने जानकारी दिए ।

बबई गाउँपालिकाले पनि वार्षिक योजना र लक्षित वर्गले लाभ लिन सक्ने गरी नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारी गरेको छ । कोभिडलाई लक्षित गरेर कृषि क्षेत्रमा अनुदानका कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम, विशेष अनुदानका कार्यक्रमहरू ल्याउने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ संघ र प्रदेश सरकारसँग समपूरक रहेका योजनाहरूलाई पनि पालिकाले प्राथमिकतामा राख्ने गरी बजेटको तयारी गरेको छ ।

संघीय समपूरक योजनाअन्तर्गत गाउँपालिकाको वडा नं. ४ मा रहेको गंगालाल मार्गका लागि केन्द्रको ३ करोड एक लाख र गाउँपालिकाको ३ करोड एकलाख गरी ६ करोड २ लाख बजेट व्यवस्थापन गरी उक्त बजेटलाई गंगालाल र बबई मार्ग निर्माणमा लगाउने योजना रहेको प्रशासकीय अधिकृत मल्ल बताए । तर उक्त योजना निश्चित भने भइससकेको छैन । ‘संघमार्फत गंगालालको लागि भनेर बजेट आएको छ’ उनले भने–‘तर पालिकाले त्यसलाई संशोधन गरी बबई मार्ग पनि समेट्नुपर्छ भनेर भनेको हुनाले योजनाको टुंगो लागेको छैन ।’

यसैगरी पालिकाले संघमार्फत प्राप्त विशेष अनुदानका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर नीति तथा योजना निर्माण गर्ने तयारी गरेको छ । फुसको छाना विशेष अनुदान एक करोड ६६ लाख र प्रविधिमैत्री विद्यालयका लागि प्राप्त ४२ लाख बजेटलाई समेत योजनाको प्राथमिकतामा राख्ने भएको छ ।

पालिकाले शिक्षा, स्वास्थ्य, सिंचाईलगायतका योजनाहरू पनि प्राथमिकतामा राखेर बजेटको तयारी थालेको उनले जानकारी दिए । यस्तै राजपुर गाउँपालिकाले पनि आगामी वर्षको बजेटको तयारीका लागि पहिलो चरणको बैठक बसिसकेको छ । कोभिड महामारीको त्रासका कारण कर्मचारीहरू कार्यालयसम्म आउने वातावरण नभएकाले बजेट तथा योजना तर्जुमाको तयारी केही ढिला भएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद खनालले बताए ।

लमही नगरपालिकाले पनि असार ९ गते नगरसभा गर्ने गरी बजेटको तयारी गरिरहेको छ । शान्तिनगर गाउँपालिकाले पनि वडाहरूलाई योजनाको खाका तयार गर्नका लागि पत्राचार गरिएको र वडाबाट आएका योजनाहरूको श्रोत अनुमान गरी प्राथमिकताका आधारमा बजेट तय गरिने पालिकाले जानकारी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त बहादुर डाँगीले बजेटको तयारी भइरहेको र तोकेकै मितिमा बजेट ल्याउने तयारी गरिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here