- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsप्रभावकारी बन्दै घुम्ती स्वास्थ्य सेवा

प्रभावकारी बन्दै घुम्ती स्वास्थ्य सेवा

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २५ जेठ । व्याकवार्ड एजुकेशन सोसाइटी (बेस)ले स्थानीय सरकारको समन्वयमा सञ्चालन गरेको समुदायस्तरमा चिकित्सक सहितको घुम्ती सेवा प्रभावकारी देखिएको छ । समुदायमा कोरोना संक्रमण बढेर महामारीको रूप लिन थालेपछि बेसले स्थानीय सरकारको सहकार्य र समन्वयमा समुदायस्तरमा कोरोना रोकथाम, नियन्त्रण उपचार र परामर्शका घुम्ती सेवा दुई सातादेखि सञ्चालन गरिरहेको छ । यो सेवा अहिले समुदायस्तरका प्रभावकारी भइरहेको घुम्ती सेवामा खटिएका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

चिकित्सकसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले गत जेठ १३ गतेदेखि गाउँ र समुदायस्तरमा सेवा दिन थालेको र उक्त टोलीले नि शुल्क उपचार, औषधि उपलब्धता, आवश्यक परेको अवस्थामा अस्पताल रिफर तथा मनोपरामर्श सेवा दिदै आएको बेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले बताए । स्थानीयतहको समन्वयमा घुम्ति शिविर प्रभावकारी बन्दै गएकाले अझै केही दिन शिविर सञ्चालन हुने कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका विभिन्न वडामा पुगि कोरोना भाईरस लक्षण देखिएका ब्यक्तिको घरमै पुगि चेकजाँच, औषधि र परामर्श सेवा दिदै आएको संस्थाका अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिए । आवश्यक परेको खण्डमा स्थानीय सरकारसँगको सहकार्यमा एन्टीजेन परिक्षणको समेत व्यवस्था गरिएको उनले बताए । आवश्यकता अनुसार सबै पालिकामा यो सेवा सञ्चालन गरिने संस्थाले जनाएको छ ।

डाक्टर राजीब झा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले अभियान सुरू भएदेखि हालसम्म १०९६ जनाको स्वास्थ्य जाँच गरेको छ । जसमा महिला ६३६ र पुरूष ४६० गरिरहेका छन् । सबैभन्दा बढी थारू समुदाय रहेका छन् । थारू समुदायका ५९९, बाह्मण क्षेत्री २८६, दलित ९६, जनजाति ८७ र अन्य २८ जना रहेका छन् ।

२० बर्ष उमेर समूहका २५४, २१ देखि ५० वर्षसम्मका ५४१ रहेका छन् । त्यस्तै, पिसिआर टेष्ट ४६ गरिएको मध्ये पोजेटिभ ३७, एन्टीजेन्ट टेष्ट १९७ र पोजेटिभ हुनेको संख्या ४९, लक्षण देखिएका ८१९, औषधि उपलब्ध ६८४ जनालाई र तीनजनालाई थप उपचारका लागि रिफर गरिएको डाक्टर झाले जानकारी दिए ।

बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका तुलसीपुर उपमहानगर–पालिकाका विभिन्न वडामा घुम्ति शिविर सञ्चालन गरिएको छ । महामारीको यो अवस्थामा बेस नेपालले गाउँ टोल बस्तीमा स्वास्थ्यकर्मीलाई खटाई निःशुल्क स्वास्थ्य जाँच, उपचार, औषधि र मनोपरामर्श दिदा स्थानीय खुशी भएका छन् । चिकित्सकसहितको टोली गाउँ टोलमा पुग्दा सबैभन्दा बढी विपन्न, दलित, थारू समुदाय लाभान्वित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here