- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजधानखेतीको तयारीमा किसान

धानखेतीको तयारीमा किसान

- Advertisement -spot_img

सपना बोहरा
घोराही, २५ जेठ । कोभिडको कहरसँगै यतिबेला किसानहरू धानको ब्याड राख्ने तयारीमा जुटेका छन् । दाङको मुख्य बाली धान भएका कारण पनि धानको ब्याड राख्न शुरू गरेका छन् । यो समयमा यहाँका किसानहरूलाई खेतमा धानको ब्याड राख्ने चटारो छ ।

अधिकांश किसानहरू यो समयमा खेत सफा गर्ने, खोलाको पानी कुलोमार्फत खेतमा लैजानेको लागि कुला, नाला निर्माण गर्ने, बाँझो खेत मार्दै छन् । कोहि भने धानको बीउ, मलको जोहो गर्दैछन् भनेसम्म ठाउँ भएका खेतहरूमा टेक्टर, पावरटिलर, भिरालो ठाउँका खेतहरूमा जोत्नको लागि गोरू र हलो तयारी राखेका छन् । वर्षा सिजन सुरू भएसँगै किसानहरू खेतमा जान थालेका छन् ।

केही दिन पहिले पानी परेसँगै खोलाका मुहानहरू रसाएका छन् भने खेतहरूमा पानी जमेर धानको ब्याड राख्नको लागि तयारी अवस्थामा छन् । घोराही चौघेराका हेमन्त शर्मा पनि हिजोआज खेतमा नै भेटिन्छन् । धानको ब्याड राख्ने तयारीमा छन् । उनी धानको ब्याड राख्नका लागि खेतको बाझो मारेका छन् ।

‘धानको ब्याड राख्ने उचित समय यहि हो, पानीले पनि साथ दिएको छ’ उनले भने ‘कोभिडको कहर भएपनि मलको जोहो पनि गरेकै छु । उनले यस वर्ष हाईव्रेट धानको बीउ राख्ने तयारीमा छन् । उनले राखेको धानको ब्याड २५ दिनमै तयार हुने उनले बताए ।

त्यस्तै घोराही मसिनाका रमेश चौधरी पनि धानको ब्याड राख्ने तयारीमा छन् । उनले धानको ब्याड राख्नको लागि घोराहीबाट धानको बीउ लगेर राखिसकेका छन् । उनले खेतको बाझो पनि मारिसकेका छन् । ‘धानको ब्याड राख्नको लागि तयार छ’ उनले भने ‘अब एकपटक पानी प¥यो भने धानको बीउ राख्ने हो ।’ असारको १५ गतेसम्म आधा खेतमा धान रोपी सक्ने उनको योजना छ । ‘पानी प¥यो भने चाँडै नै रोपेर सकिन्छ’ उनले भने ‘तर मल पो पाईने होकी होईन् ?’

देउखुरीका प्रविन चौधरी यो वर्ष हाईव्रेड धानको बीउसँगै सेरान धानको बीउ राखेका छन् । ‘वर्षामा धेरै पानी प¥यो भने सिम जाग्छ’ उनले भने ‘त्यस्तो खेतमा सेरान धानको बीउ लगायो भने बाली राम्रो हुन्छ रे !’

उनले खेतमा धानको बीउ राखेर पनि मान्छेको आकारको पुतला बनाएर समेत राखेका छन् । चराचुरूङ्गीबाट बचाउनको लागि पुतला राखिएको उनले बताए । ‘धानको बीउ राखिएको हँुदा किरा फट्याङ्ग्राहरू अनि चराचुरूङ्गीहरूले खाने हँुदा पुतला राखिने गरेको उनले बताए । उनले दुई बिगाह जग्गामा धान खेती गर्दै आईरहेका छन् ।

कोभिडको कहर अनि राजनीतिक उतारचढावको समयमा पनि किसानहरू धानको ब्याड राख्ने तयारीमा छन् । दाङमा ३८ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । अधिकांश कृषकहरूले उन्नत जातका धानको बीउ प्रयोग गरेका छन् ।

दाङको देउखरी, सौडियार, धर्ना, फूलबारी, तुलसीपुर, मानपुर, बिजौरी, धनौरी, बेला, रामपुर, त्रिपुर, शान्तिनगर, बाघमारे, हेकुली र लालमटियालाई धान खेतीको लागि पकेट क्षेत्रसमेत छुट्याइएको छ । जिल्लामा विन्देश्वरी, रामधान, सुख्खा १, २, ३, ४, राधा १७, सावा मन्सुली, हाईव्रेड युयस ३१२ लगायतका धानका बीउहरू लगाईने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विनोद सुनारले जेठको १५ गतेदेखि नै धानको बीउ राख्न शुरू गरिसकेको उनले बताए । धानको बीउ राखेको २५ देखि ३० दिनसम्म रोप्नको लागि तयार हुने उनले बताए । दाङमा अधिकांश किसानहरूले खेतमा धानको ब्याड राखिसकेको उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here