- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsआजदेखि जेष्ठ नागरिकलाई खोप

आजदेखि जेष्ठ नागरिकलाई खोप

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ जेठ । दाङमा आज जेष्ठ नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाइदै छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ६२ देखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकहरूलाई कोरोना विरूद्धको भेरोसील नामको खोप लगाउन लागेको छ ।

जिल्लाका दश पालिकाका करिब साढे ८ हजार जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । जस अनुसार घोराहीमा २ हजार ५ सय, तुलसीपुरमा २ हजार २ सय, लमहीमा ७ सय ४०, बंगलाचुलीमा ३ सय ६० जनालाई खोप लगाइने भएको छ । त्यसैगरी राप्तीमा ६ सय ३०, राजपुरमा ३ सय, गढवामा ५ सय ६०, बबईमा ४ सय २०, दंगीशरणमा ३ सय २० र शान्तिनगरमा ३ सय ८० गरि ८ हजार ४ सय १० जना जेष्ठ नागरिकलाई खोप दिईने भएको छ ।

स्थानीय तहले तोक्ने खोप केन्द्रमा जाँदा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिस आवश्यक पर्ने कार्यालय प्रमुख शाहीले बताए । जिल्लामा अहिलेसम्म दुई चरणमा गरी साढे ४ प्रतिशत नागरिकले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

यसअघि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी, ६५ बर्षमाथिका जेष्ठ नागरिक, पत्रकार, बैंकका कर्मचारी लगायतले खोप लगाएका हुन् । ६ लाख ५५ हजार ७ सय ६१ जना संख्या अनुमान गरिएकोमा ति मध्य साढे ४ प्रतिशत अर्थात् २८ हजार व्यक्तिहरूले खोप लगाइसकेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले जानकारी दिए । यसअघि ६० देखि ६४ बर्ष उमेर समूहका लागि खोप लगाउने भनिए पनि खोप थोरै आएपछि ६२ देखि ६४ बर्ष उमेर समूहलाई खोप लगाउन लागिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here