Wednesday, March 27, 2024
Homeफिचरअवैध उत्खनन् रोक्न ज्ञापनपत्र

अवैध उत्खनन् रोक्न ज्ञापनपत्र

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, २५ जेठ । लकडाउनको मौका छोपी राप्ती नदीको विभिन्न घाटमा ठेकेदारले अवैध रूपमा हेवी एक्युप्मेण्ट प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन तथा दोहन गरिरहेको कार्यलाई नियन्त्रण तथा कारवाही गर्ने माग गर्दै जनता समाजवादी पार्टी नेपाल गढवा गाउँपालिका राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिकाले सोमबार छुट्टाछुट्टै रूपमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

देउखुरीका चार स्थानीय तहले प्रहरी प्रशासनको दुरूपयोग गरी नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा दोहनमा ठूलो मेसिन डोजर, स्काभेटर÷लोडर प्रयोग गरी अवैध एवं राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको निर्देशिका नियामावलीको उल्लंघन गरी जबरजस्ती रूपमा मापदण्ड विपरीतको क्रियाकलाप गरिरहेको प्रति जनता समाजवादी पार्टीको ध्यानाकार्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

लगातार रूपमा प्राकृतिक श्रोत साधनको दोहन हुन लागे केही समयसम्म देउखुरीको राप्ती नदी भासिन गई, धार परिवर्तन गरी कुला नहर राष्ट्रिय गौरवका योजना, तटीय क्षेत्रको बास जलचर प्राणी, वन्यजन्तुका साथै सिंगो मानव समुदायसहित देउखुरी उपत्यका मरूभूमिमा परिणत हुनसक्ने प्रबल सम्भावना उत्पन्न भएकोले त्यस प्रकारको कार्यहरू रोक्न हाम्रो पार्टीको माग रहेको जसपा गढवा गाउँपालिका अध्यक्ष महबुब अलिद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।

यसैगरी गढवा गाउँपालिकाभित्र भैरहेको प्राकृतिक स्रोतको मापदण्ड विपरीत दोहन तथा उत्खननका साथै ढुवानी यथाशिघ्र बन्द गरी वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन अनुसार कार्यहरू मात्र गर्न गराउने ब्यवस्था मिलाई यस गाउँपालिकाभित्रका विकास निर्माणका कार्यहरू र गाउँपालिकाबासीको निजी खपत भै बचेको नदीजन्य पदार्थहरू छिमेकी स्थानीय सरकार, जिल्लामा निर्यात गर्ने र विदेश निर्यातमा पूर्ण रोक लगाउने राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका इन्चार्ज दिनामणि आचार्यद्वारा हस्ताक्षरित ज्ञापनपत्र मा उल्लेख गरिएको छ ।

दुई राजनीतिक दलको छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ठेकेदारहरूले केही हदसम्म बदमासी गरेको स्वीकार्दै वातावरणीय प्रभाव मूल्यांकन विपरीत उत्खनन, ओसार पसार तथा डम्पिङ गरेको पाइए नियम अनुसार कारबाही गरिने बताए । पछिलो समय अवैध तरिकाले वातावरणीय प्रभाव मूल्यांकन मापदण्ड विपरीत राप्तीमा दोहन भैरहेको भन्दै चौतर्फी बिरोध भैरहेको बेला दुई राजनीतिक दलले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा जनता समाजवादी पार्टीको तर्फबाट जिल्ला समितिका जगतराम यादव, सिताराम यादव, राज करण यादवको सहभागिता थियो भने राष्ट्रिय जनमोर्चाको तर्फबाट गुणनिधि शर्मा, चित्र बहादुर महतारालगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here