- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरतुलसीपुरमा योजना अनुगमन

तुलसीपुरमा योजना अनुगमन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ जेठ । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा निर्माण भएका योजनाहरूको अनुगमन गरिएको छ । नगरको योजना अनुगमन समितिले वडास्तरमा सञ्चालन ठूला योजनाहरूको अनुगमन गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्मा आचार्यको नेतृत्वमा गएको अनुगमन टोलीले उपमहानगरका विभिन्न वडाका योजनाहरू आइतबार र सोमबार अनुगमन गरेको हो ।

नगरस्तरबाट सञ्चालन भएका, प्रदेश र संघीय सरकारबाट रकम आएर सञ्चालन भएका ७ लाखभन्दा ठूला योजनाको अनुगमन गरिएको तुलसीपुर उपमहानगरपालिकाका योजना शाखा प्रमुख अनन्त कुमार गौतमले जानकारी दिए ।

यस्ता योजनाहरू नगरमा एक सय ४० भन्दा बढिरहेको र पहिलो चरणमा वडा नं. १ वडा नं. ३, वडा नं. ८, वडा नं. १४, वडा नं. १५, वडा नं. १६, वडा नं. १७ र वडा नं. १९ का योजनाहरू अनुगमन गरिएको गौतमले जानकारी दिए ।

उपमहानगरका उपप्रमुख माया शर्मा आचार्यले उपभोक्ता समितिले निर्माण गरेका योजनाहरू अनुगमन गरिएको बताइन् । उनले कुनै योजनाहरू अत्यन्त राम्रो तरिकाले तोकेको मापदण्ड पूरा गरेर निर्माण गरिएको पाइएको र कति योजनाहरू गुणस्तरहिन पाइएको बताईन् । ‘एक/दुईवटा योजनाहरू कमसल देखिएका छन्, कमसल काम गर्नेलाई गुणस्तर सुधार्न सुझाव दिएका छौँ । यदि सुधार भएन भने भुक्तानी रोक्नु पर्छ ।

केही योजनाहरूमा भने उदाहरणीय काम भएको देखियो’ उनले भनिन् । उपभोक्ताले गरेको काममा पनि फरक–फरक अवस्था छ । अनुगमनमा योजना शाखा प्रमुख अनन्त गौतम, प्रशासन शाखा प्रमुख विष्णुकुमारी आचार्य, इन्जीनियर हिमाल शर्मा, सविन केसी लगायतको प्राविधिक टोली रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here