- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsचोरी मुद्धामा फरार चार महिला पक्राउ

चोरी मुद्धामा फरार चार महिला पक्राउ

- Advertisement -spot_img

दाङ,२४ जेठ । दाङमा सामुहिक चोरी मुद्धामा फरार रहेका चारजना प्रतिवादीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सोमबार घोराही उपमहानगरपालिका वडा न. १८ ढाडेनीमा लुकिछिपी बसिरहेको अवस्थामा चारजना महिलाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ ढडेनी बस्ने ३६ वर्षकी शान्ती सुनार, सोही ठाउँ बस्ने २५ वर्षकी सन्तोषी नेपाली,३६ वर्षकी चन्द्रकला सुनार र ३५ वर्षकी ज्योति दमाई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

विसं २०७६ वैशाख ३० गते दाङ देउखुरी जिल्ला अदालतले सामुहिक चोरी मुद्धामा दोषी ठहर गरी प्रतिव्यक्ति जनही पाँचहजार रुपौयाँ र ८ महिना ७ दिन कैद सजाय तोकेको थियो । मुद्धा फैसला भएसंगै उनीहरु हालसम्म फरार रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here