- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsथप ३० जना कोरोना मुक्त

थप ३० जना कोरोना मुक्त

- Advertisement -spot_img

दाङ,२३ जेठ । दाङमा थप ३० जना संक्रमितहरु कोरोना मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार बितेको २४ घण्टामा कोरोना मुक्त हुने र संक्रमित हुनेको सँख्या झण्डै बराबर देखिएको छ ।

आइतबार जिल्लामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३० जना कोरोना मुक्त भएका छन् । संक्रमितहरु हुनेहरुमा १९ जना महिला र १४ जना पुरुष रहेको आपतकालिन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

एकसय ९ जनाको पीसिआर परिक्षण गर्दा २५ जना र ५० जनाको एन्टीजेन परिक्षण गर्दा ८ जनामा गरी ३३ जनामा संक्रमण देखिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।

थप संक्रमण हुनेमा घोराहीका १५, तुलसीपुरका १३, लमहीका २, गढवा, शान्तिनगर र बबईका १÷१ जना रहेका छन् । यससंगै दाङमा बैशाखयता संक्रमण हुनेको कुल संख्या ७ हजार तीनसय २४ पुगेको छ ।

कुल संक्रमितमध्ये ६ हजार पाँच सय ४२ जना संक्रमणमुक्त भइसकेका छन् । जिल्लामा अहिले पाँचसय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रियसंक्रमित मध्ये १५ जना आइसीयुमा उपचारारत रहेका छन् भने एकसय २१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै चारसय ५७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।

थप तीनजनाको मृत्यु

यसैगरी कोरोना भाइरसको संक्रमणका कारण दाङमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २ जनाको बेलझुण्डी कोरोना विषेश अस्पताल र १ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

बेलझुण्डी कोरोना विषेश अस्पतालमा बबई गाउँपालिका वडा नम्बर ३ का ५४ वर्षिय पुरुष र घोराही उपमहानगरपालिका वडा नम्बर ७ का ४८ वर्षिय महिलाको मृत्यु भएको हो ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५३ वर्षिय पुरुषको प्रतिष्ठानमा मृत्यु भएको हो । यससंगै जिल्लामा बैशाखदेखि अहिलेसम्म १८९ जनाका कोरोना संक्रमणबाट मृत्यु भएको केन्द्रले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here