- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsचारदिनमै प्रतिक्षालय निर्माण गरी अस्पताललाई हस्तान्तरण

चारदिनमै प्रतिक्षालय निर्माण गरी अस्पताललाई हस्तान्तरण

- Advertisement -spot_img

दाङ, २२ जेठ । विप्लव नेकपा दाङले कोरोना विशेष अस्पतालमा प्रतिक्षालय निर्माण गरेको छ । अस्पताल परिषरमा निर्माण गरिएको उक्त प्रतिक्षालय अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

अस्पतालमा उपचाररत बिरामीका आफन्तहरुको लागि भन्दै जेठ १८ देखि प्रतिक्षालय निर्माणको काम सुरु गरिएको थियो । निर्माण कार्य सुरु भएको चारदिनमै सम्पन्न गरेर पार्टिले शनिवार एक कार्यक्रमका विच अस्पताललाई हस्तान्तरण गरेको हो ।

विप्लव नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले उक्त नव निर्मित प्रतिक्षालय अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारीको विषम परिस्थितीमा पाटीले निर्माण गरेको प्रतीक्षालयले बिरामी कुरुवालाई सहजता प्रदान गर्ने बताए ।

सो अवसरमा कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले प्रतिक्षालय निर्माणले पार्टी जनताप्रति उत्तरदायी हो भन्ने प्रष्ट भएको बताए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अस्पताल व्यवस्थापन समिति अध्यक्ष पदम प्रसाद न्यौपानेले कोभिड अस्पताललाई आवश्यक पर्ने प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

विभिन्न व्यवसायीको सहयोग तथा पार्टीका नेता–कार्यकर्ताहरुले श्रमदान गरी प्रतिक्षालयको निर्माण गरिएको हो ।
व्यवसायीहरु रामबहादुर खड्का, राजु थापा, गणेश इट्टा उधोग, हनुमान इट्टा उधोग, देब गुरुङ, हरि केसि, असोद देबकोटा, ट्रस्ट जडान, टोप बहादुर अन्जन लगायतले आवश्यक सामाग्रीहरु सहयोग गरेका हुन

उक्त प्रतिक्षालय करीव एकलाख तीस हजारमो निर्माण गरिएको युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलकले जानकारी दिए । उक्त कार्यक्रम नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षतामा भएको थियो ।
युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगको स्वागत मन्तव्यबाट कार्यक्रमको सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here