- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसमाजहोम आइसोलेसनमा बसेका दुईसहित चार संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका दुईसहित चार संक्रमितको मृत्यु

- Advertisement -spot_img

दाङ, २२ जेठ
दाङमा होम आइसोलेसनमा बसेका दुई जना सहित चार जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि घरमै बसेका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४२ वर्षिय महिला र राप्ती गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षका पुरुषको घरमै मृत्यु भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ ।

यस्तै बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचारारत तुलसीपुर–६ का ६४ वर्षिय पुरुष र रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ का ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । यससंगै दाङमा कोरोना संक्रमणबाट बैशाखयतामात्रै १८६ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।
यसैबिच दाङमा आज थप २९ जनामा संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा १ सय जनाको स्वाब परिक्षण गर्दा ११ जना महिला र १८ जना पुरुषमा थप संक्रमण देखिएको हो । यससंगै जिल्लामा बैशाखदेखि अहिलेसम्म ७ हजार २९१ जनामा संक्रमण देखिएको छ । यस्तै बितेको २४ घण्टामा जिल्लामा थप ३१ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा बैशाखयता दोस्रो चरणमा संक्रमित भएका अहिलेसम्म ६ हजार ५१२ जना संक्रमणमुक्त भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here