- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsगाउँमै चिकित्सकीय सेवा : स्थानीय फुरुङग

गाउँमै चिकित्सकीय सेवा : स्थानीय फुरुङग

- Advertisement -spot_img

म मात्रै हैन मेरो टोलका सबैको चाँज भएको छ, यो कोरोनाको समयमा घरमै डाक्टर आएर पछि अरु हामीलाई के पो चाहियो र ।

प्रदेश टुडे
दाङ ।
कोरोना कहरका बीचमा गाउँमै चिकित्सकीय सेवा पाउँदा तुलसीपुर उपमहानगरपालिका १५मा नागरिकहरु खृुसी भएका छन । गाउँमै स्वास्थ्य सेवा पाए पछि स्थानीयहरु खुसी भएको बताएका हुन । ‘जनता खुरी छन । यसरी आउनु प¥यो स्वास्थ्य परिक्षण गरिदिनु प¥यो, पिसिआर परिक्षण गरिदिए पनि हुने थियो भने धेरै जना हुनुहुन्छ टोलीका संयोजक डा राजिब झाले भने । हामीले सके जतिको सेवा गरेका छौ । तुलसीपुर उपमहानगरपालिका भित्रमा अहिले घुम्ती स्वास्थ्य सेवा सञ्चालन भएका छ ।

पूर्वराज्यमन्त्री एवम लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले स्थानीय सरकारलाई यो अबस्थामा हरेक क्षेत्रबाट सहयोगको खाँचो भएको, स्थानीय सरकारसग समन्वयमा घुम्ती स्वास्थ शिबिर गाउँमा खटिएको बताए । उनले यस्ता प्रयासहरुले गाउँमा भएको समस्या समाधान हुने र कोरोनालाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरे ।

‘सिटामोल समेत पाउन समस्या थियो अहिले घरमै आएर चेक गरेर औषधी पाएका छौ,’ तुलसीपुर १५ गनारीका डिल्ली बहादुर खत्रीले भने , ‘यो बेला त भगवान घरमै आए जस्तो भएको छ ।’ ‘विरामी हुदा अस्पताल पनि जान सकेका थिएनौ, औषधी खाने अबस्था पनि थिएन,’ तुलसीपुर १५ टेक्नी गनारका ६३ वर्षिय चेतबहादुर अधिकारीले भने, आज डाक्टरसापहरु घरमै आएर सबै चेक गरिदिनु भयो, औषधि पनि दिनु भएको छ, । यस्तै गरी बेला बेला आएर जाँच गरिदिने कति हुदो हो ।’ उनले घरमै आएका डाक्टरसंग आफना सबै समस्या भन्नपाउँदा र रोगको औषधी खान पाउँदा मनै फुरुङग भएको सुनाए । उनले अहिलेसम्म घरमै आएर कसैले पनि चेक नगराएको उनको भनाई छ । म मात्रै हैन मेरो टोलका सबैको चाँज भएको छ, यो कोरोनाको समयमा घरमै डाक्टर आएर पछि अरु हामीलाई के पो चाहियो र ।
दक्षिण कुररीयामा इन्द्र चौधरीले गाउँ र त्यसमा पनि घर घर आएर स्वास्थ्य चेकजाच भएको बताए । यसले हामी सबै खुसी भएका छौ, अहिले सम्मको अवस्था पनि थाहा भयो, अव पनि कसरी स्वास्थ्य सुरक्षा अपनाउने भन्ने पनि जान्न पायौ । उनले चिकित्सक सहतिको स्वास्थ्य टोलीले धेरै राम्रो काम गरेको बताए । स्थानीय पारस खडकाले स्वास्थ्य सेवासंगै पिसिआर र एन्टीजेन परिक्षणको समेत व्यवस्था भइदिए धेरै राहात हुने बताए । कति घरमा त सबै परिवारमा कोरोनाको संका गरिएको छ, तर परिक्षण भएको छैन, उनले भने, यस्तो व्यक्तिहरुलाई परिक्षण भएका धेरै राहात हुने थियो । उनले कति आर्थिक अभावले समेत कोरोना परि। क्षण गर्न नसकेको उनले बताए । कोरोना कहरले सामान्य समुदायमा कोरोनाको संक्रमण उच्च देखिए पछि दाङमा चिकित्सक र स्वास्थयकर्मी सहित गाउँगाउँमा स्वास्थ्य घुम्ती सेवा सुरु गरिएको छ ।

ब्याकवार्ड एजुकेशन सोसाइटी बेस नेपालको समन्वय र सहयोगमा डाक्टर राजीब झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ–गाउँमा पुग्न थालेको छ । कोरोनाको करहबाट आम नागरिकलाई सुरक्षित गर्न, कोरोना रोकथाम, नियन्त्रण र उपचारको परामर्शदिन चिकित्सकीय घुम्ती सेवा दिन थालिएको हो । कोरोनाको भय त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ती र परिवारलाई घुम्ती शिबिरमा खटीएका स्वास्थकर्मीले मनोपरामर्श दिन र स्वास्थ्य परिक्षण गरि प्रारम्भिक उपचारका साथै अन्य स्वास्थ्य समस्या भएकाहरुको प्रारम्भीकर चेकजाच गर्ने, अबस्था अनुसार अस्पतालसम्म पु¥याउन सहयोग र परामर्श गरिदै आएको छ । घुम्ती सेवाले स्थानीय स्तरमा प्रभावकारीता देखिएको हामीले पाएका छौ, यसले समुदायस्तरमा राम्रो भएको पनि छ, बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले भने, आबश्यक परेका क्षेत्रमा पनि हामी टोली पठाउन सक्छौ ।

पूर्वराज्यमन्त्री एवम लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले स्थानीय सरकारलाई यो अबस्थामा हरेक क्षेत्रबाट सहयोगको खाँचो भएको, स्थानीय सरकारसग समन्वयमा घुम्ती स्वास्थ शिबिर गाउँमा खटिएको बताए । उनले यस्ता प्रयासहरुले गाउँमा भएको समस्या समाधान हुने र कोरोनालाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरे । ‘ज्वरो नाप्ने थर्मल गन, अक्सिजनको मात्रा चेक गर्ने अक्सो मिटरकप प्रयोग गर्ने र अबस्थाको बिश्लेषन गरि आबस्यक औषधि निशुल्क रुपमा उपलब्ध गराईने डा झाले बताए । कोरोना संक्रमितको लक्षण देखिएका र आशंका लागेकालाई पीसिआर परिक्षणका लागि परामर्श दिईने तथा सामान्य अवस्थाकालाई आबश्यक औषधी दिएर नियमित निगरानी गरिने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा फोकल पर्सन विमल केसीले अहिले सहरबाट गाउँ तीर कोरोनाको हटस्पट भनिरहेको बताए । अहिले सहरमा कम भएको छ, तर गाउँमा बढेको छ, यो अवस्थामा सबै सहजक हुन जरुरी र आबश्यक छ । उनले यो महामारीको समयमा विभिन्न संघसस्थाहरुले स्थानीय सरकारको समन्वयमा गरेका कामहरु राम्रा भएको बताए । अहिले चलेको घुम्ती स्वास्थ्य सेवाले स्थानीय स्तरमा राम्रो काम गरेको र त्यसलाई समन्वय र व्यवस्थापन अलि बढाउनु पर्ने देखिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here