- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsआइसोलेशनमा रेडक्रसको स्वास्थ्य सामग्री

आइसोलेशनमा रेडक्रसको स्वास्थ्य सामग्री

- Advertisement -spot_img

दाङ,२१ जेठ ।

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले जिल्लामा संचालित आइसोलेशन सेन्टरहरलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रवार बंगलाचुली र घोराही बाहेकका पालिकाहरुमा रेडक्रस स्वयम सेवक मार्फत सामग्री हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट दाङ जिल्ला शाखामा प्राप्त स्वास्थ्य सामाग्री र स्वास्थ्य प्रवद्र्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम नेपालगन्ज बाँकेको सहभागितामा कोभिड प्रतिकार्य कार्यक्रमले सहयोग गरेको हो ।

स्वास्थ्य सामाग्री र स्वास्थ्य प्रवद्र्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम नेपालगन्ज बाँकेको सहभागितामा कोभिड प्रतिकार्य कार्यक्रमले सहयोग गरेको हो ।

 

नेरेसो कन्द्रिय कार्यालय, स्वीस रेडक्रस लगायत बिभिन्न दाताको आर्थिक सहयोगमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको आइसोलेसनको अग्रपंक्तिहरुमा खटिएका स्वास्थ्यकर्मी र संक्रमित मानिसहरुका लागि नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखामा मार्फत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको नेरेसो दाङ जिल्ला शाखा फोकल प्रर्शन तथा शाखाका मन्त्री प्रकाश श्रिवन्दले जानकारी दिए ।

बंबई, शान्तिनगर, दंगिशरण, राप्ती, गढवा, राजपुर गाउपालिका, लमही नपा र तुल्सीपुर उममहानगर पालिकामा स्वास्थ्य सामाग्रीहरु थर्मलगन, पल्स अक्सिमिटर, पिपिई सेट, फेससिल्ड, सर्जिकल ग्लोब्स, सेनिटाइजर, सर्जिकल मास्क, हातधुने साबुन र कोरोना भाइरस सम्बन्धि सन्देशमुलक फलेक्स, फोहोर बिषर्जनकोलागि डस्टबिन, क्लोरिन हस्तान्तरण गरिएको हो । घोराही उ म न पा र बंगलाचुली गाउपालिकामा भने समय अभावका कारण बितरण गर्न नसकिएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here