- Advertisement -spot_img
Sunday, June 20, 2021
HomeUncategorizedमेट्रो अस्पताललाई अक्सिजन कन्स्ट्रेटर सहयोग

मेट्रो अस्पताललाई अक्सिजन कन्स्ट्रेटर सहयोग

- Advertisement -spot_img

तुलसीपुर, २१ जेठ । याक एण्ड यतीले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्स्ट्रेट सहयोग गरेको छ । याक एण्ड यतिले अस्पताललाई १५ लाख बराबरको अक्सिजन कन्स्ट्रेटर सहयोग गरेको हो ।

हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका संचालक सतिश गौचनले १० वटा अक्सिजन कन्स्टे«टर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष मेट्रो अस्पताललाई सहयोग गरेका हुन् ।

अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले हस्पिटललाई कन्सट्रेटर उपलब्ध गराएको गौचनले बताए ।

अक्सिजन कन्स्ट्रेटरको पहल, तुलसीपुर उपमहानगरपालिका शिक्षा सल्लाहकार शिशिर खनालले गरेका थिए।

‘दाङ सहित देशैभर अक्सिजनको हाहाकार भयो । कतिपयले अक्सिजनकै अभावमा अकालमा ज्यान गुमाउनु प¥यो,–‘उनले भने–‘ रातदिनको मेहनतपछि तुलसीपुर मेट्रो अस्पतालमा कोरोना आइसोलेसन पनि संचालनमा आयो तर अक्सिजनको अभाव त उस्तै रहयो , त्यसैले नीति शाला मार्फत कन्सट्रेटर जुटाउने काम गरेको हुँ ।’

अस्पतालमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन संचालनमा ल्याईएको छ ।

यसैबिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले  अक्सिजन कन्स्ट्रेटरको व्यवस्थापनमा लाग्ने सबैलाई धन्यावाद दिए ।

 

‘केहि नगर्नु भन्दा धेरै गरेका छौ  तर ग¥यौं भनेर सन्तुष्टि रहने अवस्था छैन, नगर प्रमुख पाण्डेले भने–‘तर थाकेका छैनौ निरन्तर काममा छौ ।’

विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको पाण्डेले बताए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here