- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजकोरोना विशेष अस्पतालमा प्रतिक्षालय भवनको शिलान्यास

कोरोना विशेष अस्पतालमा प्रतिक्षालय भवनको शिलान्यास

- Advertisement -spot_img

तुलसीपुर,१८ जेठ ।    अस्पतालमा उपचाररत कोरोना   संक्रमित बिरामीका कुरुुवाहरुको लागि दाङको प्रादेशिक कोरोना विशेष अस्पताल बेल्झुण्डि प्रतिक्षालय निर्माण गर्न लागिएको छ ।

विप्लवले नेतृत्व गरेको नेकपा दाङले अस्पताल परिषरमा विरामि कुरुवा प्रतिक्षालयको निर्माण गर्न लागेको हो । उक्त प्रतिक्षालयको मंगलबार शिलान्यास समेत गरिएको छ ।
प्रतिक्षालयको शिलान्यास प्रमुख अतिथी एवं नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल वलीले गरेकाहुन् ।

उनले बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले प्रतीक्षालय निर्माण गर्न लागिएको जानकारी दिए । उक्त प्रतिक्षालय पार्टीको योजना र जनताप्रती उत्तरदायी व्यवसायीहरुको सहयोगमा निर्माण हुन लागेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वलिले नेपालमा बैज्ञानिक समाजबाद स्थपना गर्नुको कुनै अर्को विकल्प नरहेको जिकिर गरे ।

उनले देश र जनताको रक्षाका लागि बैज्ञानिक समाजबाद नै अहिलेको निसर्त आवश्यकता रहेको बताए । कोभिडका विरुद्ध राज्यले प्रचारात्मक रुपमा केही गरेपनी मुलभुत रुपमा जनताप्रती उत्तरदायी नभएको बताए

जनताको जिबनरक्षालाई बेवास्ता गर्दै राज्यले सत्ता लुछाचुडिको बेमौसमी बाजा बजाइरहेको आरोप लगाए ।

प्रतिक्षालय निर्माण पार्टीको योजना र जनताप्रती उत्तरदायी व्यवसायीहरुको सहयोगमा निर्माण भइरहेको बताउनुभयो।उहाले सम्पुर्ण नेता-कार्यकर्तालाइ पार्टीको लक्ष्य योजना अनुसार एक साता भित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो।

 

कार्यक्रमम राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम प्रसाद न्यौपानेले बिरामिका आफन्तलाई आश्रय स्थलको रुपमा निर्माण हुने प्रतिक्षालयले कोभिडका विरुद्धको लडाइमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले प्रतिक्षालय निर्माण गर्ने कामको प्रशंसा गर्दै नेकपा दाङलाइ धन्यवाद व्यक्त व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर वली, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिप वली, युवा संगठन नेपालका केन्द्रीय सदस्य द्वोय तिलक योगी,बिरेन्द्र बिक,नेकपा दाङ जिल्ला सदस्य मदन केसि ,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य डिल्ली वली, राप्ती प्रादेशिक अस्पताल बिकास समिती अध्यक्ष पदम प्रसाद न्यौपाने, मेडिकल सुपरिटेन्डेण्ट डा.बिनोद सिंह, कोरोना बिशेष अस्पताल बेलझुण्डिका व्यवस्थापक दोर्ण वली,संस्कृत विश्वविद्यालत कर्मचारी व्यवस्थापक बिनय पोख्रेल, तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज वली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here