- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरकोभीड ब्यबस्थापन बारे अबलोकन गर्न कर्णालीको टाेलि दाङको स्वास्थ्य प्रतिष्ठानमा

कोभीड ब्यबस्थापन बारे अबलोकन गर्न कर्णालीको टाेलि दाङको स्वास्थ्य प्रतिष्ठानमा

- Advertisement -spot_img

दाङ, जेठ १८ ।  कोभिडको महामारिमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गरिरहेको कोभिड ब्यबस्थापन बारे कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको टाेलि प्रतिष्ठानले मंगलबार अबलोकन गरेको छ ।

कोभिड ब्यबस्थापनकोक्रममा राप्ती प्रतिष्ठानले गरेको चिकित्सक, स्वास्थ्यकर्मिको ब्यबस्थापनसहित अस्पतालको सेवा प्रबाहको बारेमा कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती डा.मंगल रावल र प्रदेशको स्वास्थ्य निर्देशक डा. रबिन खड्कालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारी र अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत, सहायक निर्देशक डा. एन्जेलिका कार्किले जानकारी गराएका थिए ।

कोभिड महामारीमा प्रतिष्ठानले राम्रो काम गरेकाले आफुहरु यहाको अबस्थासहित प्रशासनिक सुधारका लागि सुझाबसहित अबलोकन गरिएको कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपती रावलले बताए।

रकोभिड ब्यबस्थापन र अस्पतालको जनशक्तिसहित सेवा प्रबाह राम्रो भएको भन्दै उनले खुसी प्रकट गरे ।

कोरोनाको बिषम परिस्थीतिमा दिनरात बिरामीहरुको सेवामा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मि र कर्मचारीहरुलाइ धन्यवाद समेत दिए।

उनले दुई महत्वपुर्ण ठुला स्वास्थ्यसस्था बिच एकअर्काले गरेको राम्रो कामको आदानप्रदान गर्न यस्ता अबलोकन कार्यले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

उक्त अवसरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकि उपकुलपती प्रा.संगीता भण्डारीले कोरोना महामारी रोकथाम तथा ब्यबस्थापनको बारेमा अवलोकन गरिएको भन्दै खुशी व्यक्त गरिन ।

कोभीड ब्यबस्थापन अन्तरगत कोभिड/नन कोभिडको उपचार ब्यबस्थापन, अस्पतालको जनशक्ति ब्यबस्थापन लगायतका बारेमा गरिएको अवलोकनले आगामी दिनमा सस्थागतरुपमा सेवा आदानप्रदानसंगै समन्वय र सहकार्यमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here