- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजकोरोनाले मृत्यु भएकी बिकको परिवारलाई फुलबारी युवा समाजको सहयोग

कोरोनाले मृत्यु भएकी बिकको परिवारलाई फुलबारी युवा समाजको सहयोग

- Advertisement -spot_img

तुलसीपुर,१८जेठ ।  कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सुमित्रा बिकको परिवारलाई फुलबारी युवा समाजले सहयोग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बराखुटी निवासी २२ वर्षीय बिकको केहिदिन अघि कोरोनाका कारण मृत्यु भएको हो ।

परिवारको आर्थिक अवस्था दयनीय भएकाले मृत्तक बिकको १३ औं दिनको पुण्यतिथिका लागि आवश्यक पर्ने राहत सामग्री युवा समाजले सहयोग गरेको हो ।

मंगलबार युवा समाजका अभियान्ता मोहन पौडेल सहितको टोलिले उक्त सामग्री बिकको परिवारलाई सहयोग गरेको हो ।

फुलबारी युवा समाजमा स्वदेश र बिदेशमा रहने नेपाली युवाहरु गरि ६० जना आबद्ध रहेका छ्न ।

विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको सहयोग संकलन गरि पिडामा परेका परिवार र आर्थिक अभावका कारण समस्यामा परेका परिवारहरुका लागि आवश्यक सामग्रीहरु खरिद गरि राहतस्वरूप वितरण गर्ने गरिएको समाजका अभियान्ताहरुले बताए।

साथै उनीहरुले सहयोग गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरु युवा समाजसंग सहकार्य गर्न सक्ने जानकारी समेत दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here