Wednesday, March 27, 2024
Homeसाहित्यछोरी तिमी सुरक्षीत छौ?

छोरी तिमी सुरक्षीत छौ?

- Advertisement -spot_img

कविता…                                                                                     
जन्मनु पहिले,
तिम्रो बा आमाबाटै
तिमी सुरक्षीत थिएनौ
सुरक्षीत हुन यहा गर्भमा
छोरा हुनुपर्छ
तिमी छोरी हौ!

जन्मिसकेपछी,
भुलाउने चाहानामा
खेलाउने बहानामा
चुम्बन गरे
नछुने ठाउमा छोए
हेर्न नहुने कुरा हेरे
गर्न नहुने काम गरे
खै के के गरे? गरे
सुरक्षीत नहुने गरि गरे!

जब स्कुल जान भयौ
कयौंपटक,तिम्रा सरहरुले
टाइ नमिलेको भनि छाती चिमोटिदिए
हिसाब मिलेन ढाड सुमसुम्याइदिए
गृहकार्य छुटेको दिन गाला मुसारेरै छुट दिए
झगडा गरेको दिन मुर्गा बनाइ पछाडी उभिएर
पटकपटक आखाले बलात्कार गरे
छोरी के तिमी स्कुलमा सुरक्षीत छौ?

तिमिले प्रेमको लामो लामो सास फेर्दा
तिम्रो प्रेमिले रोमान्चित सास मानेर
जब
तिमी उभिएकै जमिनमा पल्टायो
के तिमी प्रेमिसङ्ग सुरक्षीत छौ?

तिम्रो ठिक अगाडि उभिरहेको काकाले
तिमिलाइ नै हेरेर पाचौ चोटि थुक निल्दैछ्न
तिम्रो पछाडीको हजुर बा चस्मा मिलाउदै छन
तिमिलाइ नै हेर्न
उ…….. त्यो परको केटो तिमिलाइ माल भन्दै छ
तिमी कहाँ सुरक्षीत छौ?

तिमी नर्स भएर अरुलाइ हर्ष दिदै
जब रातदिन,दिनरात
भोक प्यास नभनी
बिरामीको सेबक बनेर
अहोरात्र खटी रहन्छेउ
त्यति नै बेला
कयौ ब्वासाहरु
लुछ्न आउछ्न
चिथोर्न आउछ्न
कोपर्न आउछ्न
गिद्दे नजर लगाउछ्न
विष बमन गर्छ्न
के तिमी यहाँ सुरक्षीत रहिछौ?

अब तिमी सुरक्षित हुन
गणतन्त्रको कात्रो ओडेर
समृद्धिको घाटमा
दन्किनु पर्छ
ताकी
उड्दै उड्दै गएको धुवाको
खबरले प्रत्येक छोरीले आगो
ओकल्न सकुन
र सुरक्षीत होउन!!
लेखक: अमर खड्का  ,अध्यक्ष अखिल  (क्रान्तिकारी) दाङ । 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here