- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsराष्ट्रिय सभाको उपनिर्वाचनमा अनौठो घटना: मतपत्रको ठाउँमा पिसिआर रिपोर्ट

राष्ट्रिय सभाको उपनिर्वाचनमा अनौठो घटना: मतपत्रको ठाउँमा पिसिआर रिपोर्ट

- Advertisement -spot_img

दाङ ,१७ जेठ ।

यस पटकको राष्टिय सभाको उपनिर्वाचनमा एउटा अनौठो दृष्य देखिएको छ ।

स्थानीय तहको उपाध्यक्षको एउटा मतमा मतपत्र गायव गरिएको छ भने त्यसका ठाउँमा कोरोना परिक्षण गरिएको रिपोर्ट खसालीएको छ ।

मतगणनामा बसेका दाङ काग्रेसका सचिव शंकर डागीले मतपत्रको ठाउँमा पिसिआर रिपोर्ट पाइएको बताए ।

“एक जना गाउँपालिकाको उपाध्यक्षले मतपत्र लगेर पिसिआर रिपोर्ट राखेर जानु भएछ, उनले भने ।”

अल्पमतमा देखिए मुख्यमन्त्री
राष्टिय सभाको उपनिर्वाचनले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रिको संसदको अवस्था पनि झल्कीएको छ । संसदमा अल्पमदको सरकार बनाएकोमा विरोध गरिरहेका प्रतिपक्षहरुले निर्वाचनमा अल्पमतको सरकार रहेको पुष्टि गरिदिएका छन ।

मुख्यमन्त्रिको पार्टीको उम्मेदवारले प्रदेश सभा सदस्यहरुबाट ४० मत मात्रै पाएका छन भने विपक्षी गठबन्धनको उम्मेदवारले ४२ मत पाएका छन । यसले मुख्यमन्त्रिको संसदमा अल्पमद प्रष्टरुपमा देखाइखिएको छ, काग्रसका प्रदेश सासद डिल्ली बहादुर चौधरील भने,यो निर्वाचन मात्रै नभएर मुख्यमन्त्रिका संसदीय हैसियद पनि देखाइदिएको छ ।

प्रतिगमनलाई जवाफ लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले आफ्नो जितले प्रतिगमनलाई जवाफ दिएको बताएका छन ।

निर्वाचन पछि प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन । उनले सदनमा अब संघीयता र गणतन्त्रका विषयलाई संस्थागत गर्न बुलंद रुपमा आवाज उठाउने बताए । संघीयता र गणतन्त्र ओझेलमा पार्ने काम भइरहेकोमा उनले असन्तुष्टि जनाए ।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमप्रति संकेत गर्दै आफ्नो जित प्रतिगमनलाई जवाफ भएको बताए । आफ्नो जितलाई उनले राष्ट्रिय एकताको रूपमा बुझ्न आग्रह गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here