- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसुरु भयो मतदान १० बजे सम्म १२२ मत खस्यो

सुरु भयो मतदान १० बजे सम्म १२२ मत खस्यो

- Advertisement -spot_img


दाङ ।
राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उप निर्वाचनको मतदान सुरु भएको छ । मुख्यमन्त्री शकर पोख्रेल ले मत खसाले पछि दतदान सुरु भएको हो । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि मतदान केन्द्र तोकिएको छ । उप निर्वाचनमा दुईजनाको प्रतिस्पर्धामा रहेको छ । १० बजे सम्म १२२ जनाले मतदान गरेका छ्न ।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त पदमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपानिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए । खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ ।

प्रदेशसभा सदस्य ८३ जना र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष २ सय १७ जना गरी कुल ३०० जना मतदाताको नामावली स्वीकृत भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि कारबाहीमा परेका जसपाका सांसद पुनर्वहाली भए पछि मतदाताको नामावलीमा हिजो मत्रै समाबेस गरिएको थियो । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए ।

राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा 5 जना मतदानमा सहभागी नहुने भएका हुन । ८७ प्रदेशसभा सदस्यबाट ८३ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१७ जनाले मत दिनेछन् । प्रदेश सभामा ८ र स्थानीय तहमा १ गरी ९ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छैन ।
लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष उपनिर्वाचनमा मतदाता हुनेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उप्रमुखको मतभार १८ हुन्छ । स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ । प्रदेशसभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ । कुल मतसंख्या सात हजार ६९८ छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here