- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsए गणतन्त्र, म कसरी गरौँ दीप प्रज्वलन ?

ए गणतन्त्र, म कसरी गरौँ दीप प्रज्वलन ?

- Advertisement -spot_img

आज पनि उहीँ प्रतिगमन मुर्दावाद भनिदै छ । पुर्ब राजाले त कोरोना जिते अरे तर आर्यघाटले के भन्छ (पुर्ब राज र अधिराजकुमार)लाई ले भन्छ भन्दै नारा घन्काउनेहरु मध्येका हजारौं मनुवा आर्यघाटमा ब्रह्मलिन भैसकेका छन । त्यो पनि एक सिलिन्डर अक्सिजन नपाएर । जनताका दुःखका दिन कहिल्यै फेरिएन । बरु, मात्र फेरियो त केवल पुरानै नेतृत्वको कुर्सीर उनीहरूको जीवनस्तर ?

अनन्त कुमार गौतम 
१४ औं गणतन्त्र दिवस शनिवार मनाइएको छ । यो अवसरमा न त शुभकामना दिन मन छ न त दीप प्रज्वलन गर्न नै । तपाईंलाई लाग्न सक्छ यो गणतन्त्र बिरोधि रहेछ भनेर । तपाईं जे ठान्नु हुन्छ ठान्नु होस । त्यो तपाईंको अधिकार ।

शरमपुरको पिपल चौतारीमा शैक्षिक बेरोजगार जस्ता देखिने ४/५ जनाको समुहमा एक जना कालो चस्मा, दाहिने कानमा सुनको जस्तो देखिने मुन्द्रा, अगाडिको कपाल हल्का लामो जसमा हाइड्रोजन लगाएको व्यक्तिले सुनाउदै थियो । म पनि चुपचाप सुनीरहे टाढैबाट । अल्झिरहे १४ औं गणतन्त्र दिवस र दीप प्रज्वलनमा ।

१४ औं गणतन्त्र दिवसमा मलाई बिगतका १६ बर्ष झलझल्ति याद आई रहेछन । २०६२÷६३ सालको जनआन्दोलनको सबै भन्दा बढी सम्झना आइरहेको छ । काठमाडौं उपत्यकामा आई एस सी दोश्रो बर्षको परिक्षालाई थाती राखेर आन्दोलनमा होमिएका लाखौं असन्तुष्ट मनुवा मध्येको एक मनुवा थिए म पनि ।

तपाईंलाई पनि याद छ होला उक्त जनआन्दोलनका बखत तपसिल बमोजिमका नारा लगाइएका थिए ।
प्रतिगमन : मुर्दावाद,
राजतन्त्र चाहिदैन, मान्छे मार्न पाईदैन,
आर्यघाटले के भन्छ (तत्कालीन राजा र अधिराजकुमार)लाई ले भन्छ ,
(तत्कालीन राजा र अधिराजकुमार)चोरः देश छोर
हात्यारालाई : फासी दे, फासी दे आदि आदि ।
काठमाडौं बाहिर बिभिन्न जिल्ला सदरमुकामहरुमा पनि सायद यस्तै यस्तै नारा घन्किए होलान । मलाई व्यक्तिगत रुपमा ३ कारणले राजसंस्था प्रती भन्दा तत्कालिन राजपारिवार प्रती बितृष्ण जागेको थियो । एक दरबार हत्याकाण्ड । जहाँ पूर्ब राजा ज्ञानेन्द्र बाहेक अन्य सबैको बंश नास हुनु। के यो संयोग मात्र थियोे त ? दुई गायक प्रविन गुरुङ हत्याकाण्ड र तीन राजाको गैर संबैधानिक कदम ।

१४ औं गणतन्त्र दिवसमा मलाई बिगतका १६ बर्ष झलझल्ति याद आई रहेछन । २०६२÷६३ सालको जनआन्दोलनको सबै भन्दा बढी सम्झना आइरहेको छ । काठमाडौं उपत्यकामा आई एस सी दोश्रो बर्षको परिक्षालाई थाती राखेर आन्दोलनमा होमिएका लाखौं असन्तुष्ट मनुवा मध्येको एक मनुवा थिए म पनि ।

आखिर राजतन्त्रको अन्त्य भई छोड्यो । गणतन्त्र स्थापना भयो । संविधान फेरियो संस्कार फेरिएन । राजा फेरियो अराजकता फेरिएन । पद्धति फेरियो पात्रहरु फेरिएनन । समय फेरियो सान्दर्भिकता फेरिएन । नागरिकको जिवनस्तर फेरिएन । जनता एक चक्की सिटामोल खाना नपाएर मर्नु पर्ने अवस्था फेरिएन । बाको फाटेको टोपी, आमाको उध्रेको चोली फेर्ने सपना देखि, आफूसँग भएको सम्पत्ती बन्धकी राखी जहाजमा खाडी छिरेको छोरो बाकसमा फर्कनु पर्ने बिवसता फेरिएन । निर्मला पन्त जस्ता कैयौं कलिला बालीका बलात्कारको सिकार बन्नु पर्ने दिन फेरिएन । पारस बरु सुध्रिए होलान की कुन्नी, तर अपराधी, हत्यारा, गुण्डा नाईकेहरु फेरिएनन । बरु उनैलाई माननीय र मन्त्री बनाईयो । सत्ता फेरियो रित्तिएका अक्सिजन सिलिन्डर फेरिएनन । सारा फेरियो तर नारा फेरिएन ।

आज पनि उहीँ प्रतिगमन मुर्दावाद भनिदै छ । पुर्ब राजाले त कोरोना जिते अरे तर आर्यघाटले के भन्छ (पुर्ब राज र अधिराजकुमार)लाई ले भन्छ भन्दै नारा घन्काउनेहरु मध्येका हजारौं मनुवा आर्यघाटमा ब्रह्मलिन भैसकेका छन । त्यो पनि एक सिलिन्डर अक्सिजन नपाएर । जनताका दुःखका दिन कहिल्यै फेरिएन । बरु, मात्र फेरियो त केवल पुरानै नेतृत्वको कुर्सीर उनीहरूको जीवनस्तर ?

यहाँहरु भन्नू होला विकास त भको छ नि ? गाउँगाउँमा सिंहदरबार त पुगेको छ नि ? बाटाघाटा चिल्ला भाका छन नि ? किन भएन विकास । हो, मैले पनि बिकास भाको छैन कहाँ भन्न सक्छु र ? बच्चा जन्मे पछि हुर्कनु, बढ्नु अनि जवान हुनुमा कसैले मैले जवान बनाए भन्नू मुर्खता हैन र ? यो त मानवमा हुने क्रमिक विकास हो । यदि कसैले बच्चा जन्मेको छोटो समयमा नै जवान बनाउँछ भने भन्न सकिन्छ उसले साच्चिकै बच्चालाई जवान बनाएको हो भनेर । हो अहिले भैरहेको विकास पनि यस्तै क्रमिक बिकासको नमुना हो । समयसंगै हुँदै जाने विकास हो । राज्य संचालनका लागि स्थापित संयन्त्रले कर्तव्य पलानाका सिलसिलामा गरेका कार्यबाट हुन गएको बिकास हो । एक तिहाई जनसंख्याले खाडीमा बगाएको पसिनाको अस्थायी नदि हो यो विकास । जुन पसिना बग्न छोडे खण्डहरमा परिणत हुन सक्छ त्यो नदि । यसलाई तपाईं कसरी बिकास भन्न सक्नु हुन्छ ? महोदय ?

यदि तपाईंले धैर्य गरेर यहाँ सम्म पढ्नु भयो भने तपाइँको मनमा पक्कै पनि एउटा प्रश्न खडा हुने छ ।
संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, संविधान, साच्चिकै नफेरिएकै हुन त ? हो फेरिएका छन तर त्यसले नागरिकको जीवनमा के परिवर्तनको अनुभूती दिलायो त ? मेरो पनि प्रश्न छ यहाँहरुलाई । संविधान परिवर्तन भयो । यसमा अन्तर्निहीत मौलिक हकको कार्यान्वयन गर्न निर्माण गर्नु पर्ने कानून निर्माण हुन सकेनन । राज्य सञ्चानका लागि आवश्यक, स्थायी सरकारको रुपमा रहेको निजामती सेवाको छाता ऐन संघिय निजामती सेवा ऐन निर्माण हुन सकेन । कर्मचारी समायोजन भयो तर समस्याको समाधान भएन । समस्या सिर्जना गर्ने व्यक्तिलाई बरु बक्सिस दिईयो । निर्वाचन आयोगको प्रमुख आयुक्त । संघीयता आयो । प्रदेशको स्थापना भयो । कुनै अर्थ भएन । बिचौलिया, दलालको भुमिका मात्र रह्यो यसको । संघीय सरकार र स्थानीय सरकारसँग च्याँखे थाप्ने, नेता कार्यकर्ता ठेगान लगाउने बाहेक कुनै उपादयता रहेन यसको । बिगतको क्षेत्रीय प्रशासन कर्यालयको भन्दा खराव हालत देखिन्छ ।

यहाँहरु भन्नू होला विकास त भको छ नि ? गाउँगाउँमा सिंहदरबार त पुगेको छ नि ? बाटाघाटा चिल्ला भाका छन नि ? किन भएन विकास । हो, मैले पनि बिकास भाको छैन कहाँ भन्न सक्छु र ? बच्चा जन्मे पछि हुर्कनु, बढ्नु अनि जवान हुनुमा कसैले मैले जवान बनाए भन्नू मुर्खता हैन र ? यो त मानवमा हुने क्रमिक विकास हो । यदि कसैले बच्चा जन्मेको छोटो समयमा नै जवान बनाउँछ भने भन्न सकिन्छ उसले साच्चिकै बच्चालाई जवान बनाएको हो भनेर । हो अहिले भैरहेको विकास पनि यस्तै क्रमिक बिकासको नमुना हो । समयसंगै हुँदै जाने विकास हो । राज्य संचालनका लागि स्थापित संयन्त्रले कर्तव्य पलानाका सिलसिलामा गरेका कार्यबाट हुन गएको बिकास हो । एक तिहाई जनसंख्याले खाडीमा बगाएको पसिनाको अस्थायी नदि हो यो विकास । जुन पसिना बग्न छोडे खण्डहरमा परिणत हुन सक्छ त्यो नदि । यसलाई तपाईं कसरी बिकास भन्न सक्नु हुन्छ ? महोदय ?

शिक्षा, स्वास्थ्य, सार्बजनिक यातायात, खाध्य सुरक्षा सबैमा चरम व्यथिती छ । राज्य नियंत्रित हुनु पर्ने यी र यस्ता थुप्रै क्षेत्रहरू माफियाकरणको दलदलमा फसेका छन् । राज्य टुलु–टुलु पालै –पालो जनता र माफियालाई हेर्छ पूनः माफियाकै पक्षपोषण गर्छ । किनकि जनताबाट पाउने भनेको त भोट मात्र न हो बाँकि सब त दलाल, गुुण्डा, माफिया जिन्दावाद ११ सँगैको सरकारी स्कुल बन्द गरिन्छ । बोर्डिङ स्कुलको स्तरवृद्धि गरिन्छ ? निशुल्क शिक्षा तेहि भएर भनिएको हुनुपर्छ । सबै सरकारी स्कुल बन्द । बोर्डिङ स्कुलले जति शुल्क लिएपनि राज्यलाई के को टन्टा ? अनि त निशुल्क भयो नि ।
मेरो एउटा साथीले भन्दै थियो । श्रीमतीको स्तनमा केही गाँठोे परे जस्तो लागेर अस्पताल पुगेको । सरकारी अस्पतालमा २ बजे पुग्दा टिकट काउन्टर बन्द भैसकेको थियो । अब सोही बिशेषज्ञलाई देखाउन ३ दिन कुर्नु पर्ने भयो । उनै बिशेषज्ञ निजी अस्पतालमा पनि काम गर्ने रहेछन । बाहिरबाट गएको मान्छे होटेलमा बस्नु भन्दा निजी अस्पतालमै भए पनि देखाउनु प¥यो भनी गयौ । डाक्टरले आधा मिनेट जति श्रीमतीका स्तन जाँच गरे । भने, तेस्तो केही छैन । डराउनु पर्दैन । यदि दुख्न थाल्यो वा बढ्न थाल्यो भने फेरि आउनु होला । यो औषधि खानु होला । सबै गरि दुई हजार बुझाएर फर्कियौ । मन मनै सोचे । दिन रात काम गर्दा साँझ बिहान छाक टार्न पनि गारो हुन्छ । अझ त्यस्मा अलिकति बिरामी परे त, दुई पत्ता औषधि र आध मिनेट आफ्नै श्रीमतीका स्तन चेक गरेको दुई हजार तिर्नु सिबाय अरु के नै बिकल्प रह्यो र ? आफै लाचार बनेर फर्किए ।

सार्वजनिक यातायातमा यत्रा गर्दा कतिपयलाई त आनन्द पनि लग्दो हो । मौका मा चौका दाउ भन्नेहरुलाई । सहचालकले शरीर कहिल्यै हेर्दैनन । खुट्टा अलि पर सार्नुस त मात्र भन्छ । सर्लक्क पारी चिरेका दाउरा मिलाएर चाँचे जसरी प्यासेन्जर चाँच्नलाई । ठुलाबडा त सार्वजनिक यातायात चढ्नु नै पर्दैन । बालै फरर । कृषिको को त झन कुरै नगरौ । ठिकै उत्पादन भए बिचौलियाको राज । धेरै भए गाई बस्तुलाइ अनाज । उत्पादन नै नभए टन्टा साफ ।
अनि म कसरी दिउ १४ औं गणतन्त्र दिवसको शुभकामना र गरौं दीप प्रज्वलन ।महोदय ?

शरमपुरको पिपल चौतारीमा शैक्षिक बेरोजगार जस्ता देखिने ४÷५ जनाको समुहमा एक जना कालो चस्मा, दाहिने कानमा सुनको जस्तो देखिने मुन्द्रा, अगाडिको कपाल हल्का लामो जसमा हाइड्रोजन लगाएको व्यक्तिले सुनाउदै थियो । म पनि चुपचाप सुनीरहे टाढैबाट । अल्झिरहे १४ औं गणतन्त्र दिवस र दीप प्रज्वलनमा ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here