Saturday, April 13, 2024
Homebreaking-news१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

- Advertisement -spot_img

दाङ , १५ जेठ ।  सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड (१६,४७,५७,००,००,०००) बजेट  सार्वजनिक गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो।

कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित धेरै क्षेत्रमा बाँडिएको बजेटले तत्कालका लागि नागरिकलाई खुशी पारेको छ।

सरकारले चालु शीर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड, विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब ९७ करोड, राजस्वबाट १० खर्ब २४ अर्ब २४ करोड असुलको लक्ष्य राखेको छ।

बजेटमा सरकाले वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त गर्ने लक्ष्य लिएको छ। 

सरकारले बजेटमा ज्येष्ठ नागरिक भत्ता  मासिक ४ हजार रुपैयाँ पुर्याएको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन दिने भएको छ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण ५ प्रतिशत ब्याजदरमा पाइने, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिने, तरकारी, दूध र माछा, मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने भएका छन्।

लोकप्रिय कार्यक्रम अन्तर्गत सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र १६ वर्ष उमेर पुगेका विद्यार्थीलाई सीम कार्ड निःशुल्क दिने,  निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गरेको छ। 

सरकारले निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट दिएको छ। विवादित गरिबी निवारण कोष खारेज गरेको छ भने  स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने घोषणा गरेको छ। त्यसैगरी पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा दिने घोषणा सरकारले गरेको छ।

बजेट-वक्तव्य-2078

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here