- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसमाजयुवाहरुले गरे रक्तदान

युवाहरुले गरे रक्तदान

- Advertisement -spot_img

तुलसीपुर,१५ जेठ । जिल्लामा रगतको अभाव हुन नदिनका लागि भन्दै युवाहरुले रक्तदान गरेका छन ।
शनिबार विप्लव नेतृत्वको नेकपा निकट युवा,बिद्यार्थी र जनपत्रकार संगठनले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल परिसरमा संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।
पार्टी निकट युवासंगठन नेपालदाङ, अखिल(क्रान्तिकारी)दाङ र जनपत्रकार संगठन नेपाल दाङद्वारा सहिदहरुको स्मृतिमा रक्तदान गरिएको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल वलिले गरेका हुन ।

सो अवसरमा प्रमुख अतिथी समेत रहेका ईन्चार्ज वलिले राज्य निकास,निष्कर्ष बिनाको संसदीय चक्रमा घुमिरहेको बताए।

उनले यतिबेला राज्यको ध्यान नागरिकको जिबनरक्षामा हुनुपर्ने तर राज्य अर्को लफडा संसद विघटन,पुनःस्थापना,मध्याबधी चुनाब जस्ता निकास बिहिन चक्रमा घुमिरहेको बताए।

वलिले कोभिडका विरुद्ध अग्रपंक्तिमा रहेर काम सम्पुर्ण स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई धन्यबाद समेत दिए।

कोभिडका कारण ज्यान गुमाउने नागरिकहरु प्रती श्रद्धाञ्जली दिदै बिरामी नागरिकहरुको स्वास्थ्यलाभको कामना गर्दै उच्च मनोबलका साथ कोभिडका विरुद्ध लडाइ लड्न आग्रह गरे।

कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप वलि,युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगि,युवा संगठन नेपाल केन्द्रिय सदस्य बिरेन्द्र बिक,नेपाल रेडक्रस सोसाइटी दाङ शाखा मन्त्री प्रकाश श्रीबन्द,ब्लड बैंक इन्चार्ज दिलिप न्यौपानेको आतिथ्यता रहेको थियो।

रक्तदान कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, सुभेच्छुक, शुभचिन्तकहरु लगायत गरि ४५ जनाले रक्तदान गरेका थिए।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here