- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsगणतन्त्र दिवसमा दाङबाट १७ कैदी रिहा

गणतन्त्र दिवसमा दाङबाट १७ कैदी रिहा

- Advertisement -spot_img

प्रदेेश टुुुडे
दाङ, १५ जेठ ।
सरकारले गणतन्त्र दिवसको अवसरमा दाङका १७ जना कैदी को कैद मिनाह गरिएको छ । यहाँका १७ जना सहित देशभरबाट चार सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा सरकारले गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकिहुन ।

दाङबाट भएका १७ जना कैन्दीहरुमा तुलसीपुर कारागार र घोराही कारागारका रहेका छन ।
तुलसीपुर कारागाबारबाट दुई महिलासहित १२ जना कैदी बन्दी रिहा भएको जेलर युवराज परियारले जानकारी दिए । कर्तव्य ज्यान मुद्धाका ८ जना , सवारी ज्यान मुद्धाका २ जना, ज्यानमार्ने उद्योग र कुटपीट गरी व्यक्ति वेपत्ता पारेको अभियोगका १÷१ जनाको कैद मिनाह गरिएको हो ।

यस्तै घोराहीमा कर्तव्य ज्यान, सवारी ज्यान र चोरी मुद्धाका ५ जनाको कैद मिनाह गरिएको जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए । घोराहीमा अब अहिले ३०८ कैदीबन्दी रहेका छन् भने तुलसीपुरमा २७ महिला र ६ बालबालिकासहित ४७८ जना कैदी बन्दी रहेका छन् ।

जिल्लामा गतवर्षको तुलनामा यसवर्ष कैदीबन्दीको संख्या बढेको देखिएको छ । सरकारले विभिन्न दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल आचरण भएका कैदी बन्दीलाई बाँकी कैद मिनाह गरिदिने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here