- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबागर स्वास्थ्य केन्द्रलाई आक्सिजन सहयोग

बागर स्वास्थ्य केन्द्रलाई आक्सिजन सहयोग

- Advertisement -spot_img
  • देविराम कुसारी
    बागर, १३ जेठ ।
    दंगिशरण गाउँकालिकाको बागर स्वास्थ्य केन्द्रलाई आक्सिजन तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
    बागर स्वास्थ्य केन्द्रमा शुक्रवार नायक पल शाह र धन बहादुर केसीले सयुक्त रुपमा सो समाग्री प्रदान गरेका हुन ।
    तुलसीपुर ११ जस्पुर घर भई हाल अध्ययनको लागि
    अष्ट्रलिया वस्दै आएकी धनबहादुर केसीकी छोरी मोडल सञ्जु केसी र उनका साथीले संकलन गरेको रकम वाट सो सामाग्री खरिद गरिएको नायक पल शाहले जानकारी दिए । अष्ट्रेलियामा वस्दै आएका नेपालीले तिहारमा भैलो खेलेर जम्मा गरेको रकम वाट ५ वटा अक्सिजन शिलिण्डर खरिद गरेको र १५ वटा रिफिल गरेको छ ।

नायँ ५ वटा शिलिण्डलाई कोराना महामारी सम्म बागरमै प्रयोग गरिए पनि खास गरी गोल्टाकुरी स्वास्थ्य केन्द्रका लागि छुट्टयाइएको छ ।
एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र काठमाण्डौले उपलब्ध गराएको कोरोना विरामीको लागि आवश्यक पर्ने औषधी पनि नायक शाहले स्वास्थ्य केन्द्रका डाक्टर कृष्ण घर्ती र मञ्जु केसीकी आमा अनमी कौसिला केसीलाई हस्तान्तरण गरेका हुन । सामाग्री हस्तान्तरण गर्दै नायक पल शाहले आफ्नो टिम पल शाह र हाम्रो टिम नेपालले नेपालका समस्या परेका विभिन्न स्थानमा पुगेर सहयोग गर्ने गराएको जानकारी दिए ।

यसरी दाङमा आएर बागर स्वास्थ्य केन्द्रलाई आक्सिजन प्रदान गरेकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य केन्द्रका डाक्टर कृष्ण घर्तीले टिमालाई धन्यवाद दिए । गाउँपालिकामा सम्म आएर सहयोग गरेकोमा स्वास्थ्य केन्द्रमा सञ्चालन भएको नागरिक भान्साका संयोजक राघव देवकोटाले सबैमा धन्यवाद व्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here