Friday, January 24, 2025
Homeफिचरकोरोना रोकथाममा तुलसीपुर उपमहानगरको सक्रियता

कोरोना रोकथाममा तुलसीपुर उपमहानगरको सक्रियता

- Advertisement -spot_img

उमा भण्डारी    दाङ,१४ जेठ ।  गत वैशाख २७ गते दाङको प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना संक्रमितको अक्सिजन अभावमा मृत्यु भयो ।संक्रमितको स्वास्थ्य अवस्था जटिलता र समयमै अक्सिजनको व्यवस्थापन हुन नसक्दा उनिहरुको मृत्यु भएको थियो ।

एकैदिन ८ जना बिरामिले अक्सिजन नपाएर ज्यान गुमाउदा जिल्लामा अक्सिजनको चरम अवाभ भएपनी सरकारले उचित व्यवस्थापन नगरेको पुष्टि हुन्छ ।

उनिहरु त प्रतिनिधि पात्र मात्रै हुन । अक्सिजन र समयमै उपचार नपाउदा कयौं कोरोनाका बिरामिहरुले मृत्युुवरण गरिसकेका छन् ।

कोरोनाका सक्रिय संक्रमितहरु संख्या र कोरोनाका कारण मृत्यु हुनेको संख्या प्रतिदिन बढदै जान थालेपछी जिल्लामा रहेका पालिकाहरुले आइसोलेसन स्थापना गरि संचालनमा ल्याए । तर आवश्यक श्रोत साधनको पर्याप्तता नभएपछी सबै अस्पताल, आईसोलेसन केन्द्रहरुमा बिरामिहरुको उपचारमा समस्या उत्पन्न भयो ।
कसैले विभिन्न अभियान मार्फत अक्सिजनको व्यवस्थापन गरे भने कसैले एउटा सिलिन्डर दुईजना व्यक्तिलाई एकैपटक दिए ।

अक्सिजनको अभावले गर्दा बिरामिहरुको मृत्यु हुन थालेपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना रोकथाम र संक्रमितहरुको उपचारका लागि तत्काल तुलसीपुरमा नवनिर्मित मेट्रो अस्पतालमा ५० वेडको आईसोलेसन अस्पताल स्थापना गरि संचालनमा ल्याएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
अस्पताल निर्माण मात्रै होइन उपमहानगरपालिकाले विरामीलाई रेफर गर्न सहज होस्, भनी ‘हेलि प्याड’ निर्माण गरेको छ ।

उनले अक्सिजन र वेडको अभावका कारण बिरामीहरुको छट्पटी ,आफन्तहरुको रुवाबासी, चिकित्सकहरुको चीत्कार बढदै गएपछि उपमहानगरपालिकाले ३ दिनमा आइसोलेसन बेड संचालनमा ल्याएको बताए । अहिले मेट्रो अस्पताल संचालनमा ल्याएसंगै उपचारमा थप सहज भएको छ ।

यसका साथै उपमहानगरपालिकाले जनशक्तिको व्यवस्थापनका लागि ७५ जना स्वाथ्यकर्मिहरुलाई करार कर्मचारीको रूपमा नियुक्ति गरेको छ ।

वैशाख अन्तिम सम्म अस्पतालमा वेडको र अक्सिजनको हाहाकार हुने गरेको भएपनी अहिले १०देखि १२ वटा सम्म बेडहरु खाली हुने गरेको प्रादेशिक कोरोना विशेष अस्पताल बेल्झुण्डिका व्यवस्थापक दोर्ण ओलिले बताए ।

तत्कालिन समयमा एकहजार अक्सिजन सहितको सिलिन्डर आवश्यक पर्ने अस्पतालमा अहिले तिनसय वटा अक्सिजन सिलिन्डरले पुग्ने गरेको उनी बताउँछन् ।

दाङमा उत्पादन हुने अक्सिजन सिलिन्डर पर्याप्त नभएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलयलय, तुलसीपुर उपमहानगरपालिका र विभिन्न पालिकाहरुको सक्रियताले अक्सिजन व्यवस्थापनमा सहज भएको ओलिको भनाई छ ।

“पहिले त अक्सिजन र वेड नहुदा कता जाने? के गर्ने भनेर हामिनै रुने कराउने अवस्था पनि भयो,उनले भने-“स्थानीय सरकारहरुमो सक्रियताले अहिले समस्या कम भएको छ,संक्रमितहरुपनि कमै आउनुहुन्छ ,वेड पनि खाली हुन्छन् ।”कोरोना विशेष अस्पताल बेल्झुण्डिमा वेड अभाव हुने समस्या समाधान भएको छ ।

प्रत्येक वडाका स्वास्थ्य संस्थामा अनिवार्य अक्सिजन सिलिन्डर
जिल्लामा अक्सिजनको चरम अभाव भएपछि तुलसीपुर उपमहानगरपालिकाले आफ्नो पालिकाका संक्रमित बिरामिहरुको स्वास्थ्य उपचार र कोरोना संक्रमण रोकथामका लागि बिभिन्न कार्ययोजनाहरु निर्माण समेत गरेको छ ।

तत्काल कार्यपालिकाको बैठक बसि उपमहानगरले प्रत्येक वडामा रहेका स्वाथ्य कार्यालयमा ५/५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउने निर्णय गरेको हो ।यसैगरी अक्सिजन सिलिन्डरको समस्या कम गर्नका लागि प्रत्यक वडाका स्वास्थ्य कार्यलयहरुमा २/२ वटा कन्स्ट्रेटरको व्यवस्थापन गर्ने निर्णय अनुसार कामहरु अगाडि बढाइएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।

यस्तै बिरामीहरुको स्वाथ्यउपचारलाई ब्यबस्थित गर्नका लागि १ सय अक्सिजन सिलिन्डर पालिकाले संचालन गरेको कोरोना विशेष अस्पतालका लागि व्यवस्थापन गर्नेगरी कामहरु भईरहेको उनले बताए ।

जनप्रतिनिधिको सेवासुबिधाबाट बिपदकोष संचालन

यसैगरी तुलसीपुर उपमहानगरपालिकाले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि कोभिड विपदकोष स्थापना गरेको छ । उपमहानगरपालिका भित्रका जनप्रतिनिधिहरुको एकमहिनाको सुबिधा कटौती गरेर ५ करोडको कोभिड विपदकोष स्थापना गरिएको नगरप्रमुख पाण्डेले बताए ।

“पहिले आफुबाटै सुरुवात गरौं भन्ने उदेश्य अनुसार हामिले जनप्रतिनिधिहरुको सुबिधाबाट कोष स्थापना गरेका छौं,उनले भने-” कोषमा आवश्यक सहयोग गरिदिन संघ र प्रदेश सरकारलाई समेत अनुरोध गरिएको छ । ”

घर-घरमा  जनप्रतिनिधि                                                  गतवर्ष फैलिएको कोभिड-१९ को महामारीको नियन्त्रण गर्नका लागि पालिका र वडामा विभिन्न प्रयासहरु गरिए ।आईसोलेसन निमार्ण,क्वारेन्टाइन व्यस्थापन, जिल्लाका सिमा क्षेत्र एवं नाकाहरुमा हेल्थडेस्क स्थापना, भारत लगायत अन्य मुलुकबाट जिल्ला भित्रीनेहरुलो विवरण सकल, यातायातको व्यवस्था एवं क्वारेन्टाइनमा राख्ने जस्ता कामहरु भएका थिए ।
दोश्रो भेरियन्टको कोरोना संक्रमण अचानक र तिव्र रुपले फैलिएका कारण क्वारेन्टाइन ,आइसोलेसन लगायतका पुर्वाधार निर्माण तथा आवश्यक पुर्व तयारी नभएपनी तुलसीपुर उपमहानगरपालिकाका टोल-टोलमा जनप्रतिनिधि,मनोपरामर्शकर्ता, चिकित्सकिय टोलि खटाईएको छ ।

स्थानीय तहले कोरोना संक्रमितको उपचारमा मात्रै नभई मनोसामाजिक परामर्स पनि दिने वडा नं ८ का वडा अध्यक्ष बेद बहादुर केसिले बताए ।

चालू आर्थिक वर्षमा ७५ प्रतिशत बिकास निर्माणका कामहरु सम्पन्न भैसकेको र बांकिहरेको आर्थिक र समाजिक विकास निर्माणका कामहरुको बजेट कोभिड नियन्त्रण र रोकथामा खर्च गरिएको उनले बताए ।

आगामी दिनमा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिकाले एउटा समिति नै गठन गरेर सङ्क्रमितको घर–घरमा पुगेर मनोपरामर्स दिने गरेको उनले जानकारी दिए। टोल-टोलमा ,घर-घरमा पुगेर नागरिकको स्वास्थ अवस्था, उनिहरुलाई पौष्टिक खानेकुरा, मनोबल वृद्ध गर्ने लगाएतका कामहरु गरिरहेको उनी बताउँछन् ।

“हाम्रा नागरिकहरु महामारीले गर्दा थप समस्यामा नपरुन भन्ने उदेश्यले हामी सबै बिरामिहरुको घरमा गएर आवश्यकता अनुसारको सहयोग गरेका छौँ ,उनले भने-“रातारात भोकै प्यासैपनी अक्सिजनको व्यवस्थापन, अस्पताल सम्म पुर्याउने, ल्याउने गरेका छौं।”

कोहि संक्रमितको मृत्यु भएमा उनिहरुको शव आफैले व्यस्थापन गर्ने,शव जलाउनका लागि विभिन्न व्यक्ति/संस्थाहरुको संग सहकार्य गरि दाउराको व्यस्थापन, आफैले चिता समेत निर्माण गर्ने गरेको जनप्रतिनिधिहरु बताउँछन् ।

यस्तै घरघरमा डाक्टर तथा जनप्रतिनिधिसहितको टोली पुगेर स्वास्थ्य अवस्था बुझ्ने गरेको संयोजक शुसिल बस्नेतले बताउनुभयो । कोरोनाका लक्षण देखिएकाहरुलाई वडा–वडामा पुगेर स्वाब सङ्कलन गर्ने कार्य पनि गरिएको छ । यसले लकडाउनको समयमा नागरिकलाई सहज हुने गरेको छ ।

वडा नं २ र १८ ले अतिबिपन्न परिवाहरुको पिसिआर परिक्षण निशुल्क गर्ने सुबिधा उपलब्ध गराउनुका साथि वडाबासिहरुको नियमित स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गर्दै आएको छ ।
वडा नं ५,६ र ७ ले पनि आफ्ना वडावासिहरुको स्वास्थ्य अवस्थाका बारेमा नियमित रुपमा जानकारी लिने,मनोपरामर्श दिने र बिरामीहरुलो स्वास्थ्य उपचारमा खटिदै आएको छ ।

वडा नं ११ले बन्दाबन्दिका कारण औषधी सेवन गर्ने दिर्घरोगिहरुका लागि निशुल्क औषधि वितरण गर्ने काम गर्दै आएको छ । यस्तै वडामा कोरोना खोप लगाएका/नलगाएकाहरुको तथ्यांक संकलनको काम समेत अगाडि बढाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here