- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsभेरीका स्वास्थ्यकर्मी माथि आक्रमण

भेरीका स्वास्थ्यकर्मी माथि आक्रमण

- Advertisement -spot_img

नेपालगन्ज । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ । मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पता विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

घटना लगत्तै प्रहरीले मानबहदुर सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजि गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here