- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसमाजसहिदहरुको स्मृतिमा रक्तदान

सहिदहरुको स्मृतिमा रक्तदान

- Advertisement -spot_img

तुलसीपुर,१३ जेठ ।  रगतको अभावलाई कम गर्नका लागि दाङको तुलसीपुरमा सहिद गोकुल राणा”महान”को स्मृतिमा रक्तदान गरिएको छ । बिहीवार क्रान्तिकारी तथा देशभक्त युवा संघको आयोजनामा रक्तदान गरिएको हो ।

वीर सहिदहरुको बलिदान र उनिहरुको योगदानलाई उच्च सम्मान गर्दै उनिहरुको स्मृतीमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्ने गरिएको अतुल कुवरले जानकारी दिए ।
देश र जनताको सवालमा समाजका सबै युवाहरु एक ढिक्का भयर संघर्ष गर्नुपर्ने उनले बताए ।

सुदृढ बैज्ञानिक समाजबाद स्थापना नै अहिलेको परिस्थितिमा सबै संकट र समस्या को समाधान भएकाले सम्पुर्ण देशभक्त नेपाली नागरिक एक जुटहुनुपर्ने सामाजिक अभियान्ता हिमाल डागिले बताए ।

“सम्पुर्ण देशभक्त क्रान्तिकारी युवा एक हौं” भन्ने मुल नाराका साथ २० जना युवाहरुले नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले संचालन गरेको रक्तसंचार केन्द्र तुलसिपुरमा रक्तदान गरिएको सामाजिक अभियान्ता डागिले जानकारी दिए ।

जिल्लामा रगतको अभावलाई कम गर्नका लागि स्वर्गिय महान लगायत सम्पुर्ण सहिदहरुको स्मृतिमा रक्तदान गरिएको उनले बताए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here