- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसमाजउत्खनन प्रति राजमोको ध्यानाकर्षण

उत्खनन प्रति राजमोको ध्यानाकर्षण

- Advertisement -spot_img

दाङ ।
अनाधिकृत रुपमा देउखुरीको राप्ती नदीमा भएको नदीजनय बस्तुको उत्खननमा राष्ट्रिय जनमोर्चा दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले विज्ञप्ती सार्वजनिक गर्दै ध्यानाकर्षण भएको जनाएका छन ।
अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपुर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदिमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खनन प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ , जारी विज्ञेप्तीमा भनिएको छ,, प्राकृतिक सम्पदाको अनियमित दोहनकै कारण पर्यावरणमा समेत संकट उत्पन्न भएको छ ।

यस्तो अबस्थामा केही मान्छेहरुको स्वार्थसिद्धिको लागि प्राकृतिक सम्पदाको बिनास गर्नु गम्भीर आपत्तिको कुरा रहेको उल्लेख गरिएको छ । खोला वा नदिबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्नको लागि सरकारले बनाएको मापदण्ड बिपरित खोलामा ठुला ठुला मेसिन लगाइ घाटगद्दिको नाममा अनियंत्रित उत्खनन भैरहदा प्रहरी, प्रसासन र स्थानीय सरकारले त्यसको संरक्षण गर्ने कुरा झनै आपत्तिपुर्ण छ विज्ञप्तीमा भनिएको छ । यस प्रकारको क्रियाकलापको राष्ट्रिय जनमोर्चा घोर निन्दा तथा भ्रत्सना गर्न चाहान्छ । तत्काल खोलामा भैरहेको अनियंत्रित उत्खनन बन्द गर्न स्थानीय सरकार र जिल्ला प्रसासनलाई अनुरोध गर्दे रोक्न माग गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here